Smoking Causes Cancer

गुल्मीको छत्रकोटमा आजदेखि ‘सुन्तला महोत्सव’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: गुल्मीको छत्रकोटमा आजदेखि ‘छत्रकोट सुन्तला महोत्सव’ हुदैछ। अनमोल कृषक समुहको आयोजनामा आजबाट सुन्तला महोत्सव गर्न लागिएको हो।

महोत्सवको लागि सुन्तलाको प्रर्दशनी, बगैचा अवलोकन र स्थानीय पञ्चेबाजा र लाखे नाच प्रस्तुत रहने कृषक विष्णुप्रसाद पन्थकाे भनाई छ।

अनमोल कृषक समुहका अध्यक्ष समेत रहेका पन्थले गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा सुन्तला उत्पादन बढि हुने बताए। गत बर्ष पालिकाबाट २ हजार ३०२ क्विन्टल अर्थात एक करोड ३५ लाख ७९ हजारको सुन्तला बिक्री भएको पन्थले जानकारी दिए। वडा नं ३ मा सबैभन्दा बढि सुन्तला उत्पादन हुन्छ। पन्थका अनुसार वडा नं ३ मा मात्रै अहिले एक करोड २७ लाख ७५ हजारको सुन्तला बिक्रीको लागि ठेक्का भइसकेको छ।

सिंचाई
Forest
Ad.

गाउँपालिकाभरबाट एक करोड ६१ लख ६५ हजारको सुन्तला अहिले बिक्री गरिने पन्थले बताए। पालिकाका चार वडामा १५ हजार ६ सय ६३ बोट फल्ने र हुर्कदै गरेका १६ हजार ५ सय ५८ सुन्तलाका बिरुवा रहेका छन् । कागती ४ हजार ७ सय २३ फल्ने र हुर्कदै गरेका १२ हजार ६ सय बिरुवा रहेका छन्। छत्रकोटमा २० हजारदेखि आठ लाखसम्मका सुन्तला बिक्री गर्ने कृषक रहेका छन्। बिष्णु प्रसाद पन्थले दुई लाख र डिल्लीराज पन्थले ८ लाखका सुन्तला बार्षिक रुपमा बिक्री गर्दै आएका छन।

सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुराउने उदेश्य सुन्तला महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले बताए। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया