Salime Malika Krishi Farm

Awareness Campaign

विपन्नको घरमै गएर निःशुल्क स्वास्थ्य बिमा गर्दै बागलुङको बडिगाड गाउँपालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, बडिगाड: बागलुङको बडिगाड गाउँपालिकाले विपन्न एवम् गरिब घर परिवारको घरमै गएर स्वाथ्य बिमा गरेको छ।

जनतासंग पालिका अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत गाउँपालिकाले बडिगाड गाउँपालिका वडा नं ९ चिउधाराका एक परिवारको घरमै पुगेर स्वास्थ्य बिमा गरेको हो।

गाउँपालिकाको वडा न ९ चिउधारा निवासी बोमे बि.क, टिकि बि.क, रुमेश बि.क, सृष्टि बि.क चतुरे बि.क लगायत ६ जना परिवारका सदस्य नै असहाय र गरिव परिवारबाट गुज्रिएको र घरमा स्वास्थ्योपचार तथा आर्थिक अभावमा विपन्न परिवारलाई घरमै पुगेर स्वास्थ्य बिमा गरेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

राज्यले दिने सेवा सुविधाबारे जानकारी समेत नभएका र त्यो पहुँच मा पुग्न नसकेका नागरिकलाई पहुँचमा पुर्याउने आफुहरुको दायित्व भएको भन्दै थापाले बडिगाड गाउँपालिकाले विपन्न नागरिकहरुको उत्थानका लागि लागिरहेको बताउनुभयो।

अध्यक्ष थापा सगैं गाउँपालिका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, वडाअध्यक्ष कृष्ण के.सी., लेखा अधिकृत डिल्लीप्रसाद शर्मा लगायत पालिकाको स्वास्थ्य शाखा र बिमा अभिकर्ताहरुको उपस्थितिमा निशुल्क रुपमा ६ जनाकै स्वास्थ्य बिमा गरिएको हो।

साथै शारिरिक रुपमा पूर्ण अपागंता भई बिस्तारामै लामो समयदेखि थलिएका रुमेश बि.कलाई क वर्गको अपागंता परिचय पत्र समेत वितरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो।

जनतासंग पालिका अध्यक्ष स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ६ जना परिवारका सदस्यहरुलाई विमित गराई निशुल्क स्वास्थ्य विमाका कार्डहरु हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया