Salime Malika Krishi Farm

Awareness Campaign

परदेशबाट घरदेशका कुरा: आखिर कहिलेसम्म चुनावमा पार्टीको झण्डा बोक्ने र खाडी पस्ने?



गोविन्द कंडेल
३ वर्ष अगाडि


Awareness

Place for ads

गोविन्द कंडेल, गुल्मी: आगामी मङ्सिर ४ गते हाम्रो देशमा प्रादेशिक र संघीय निर्वाचन हुन गइरहेको छ। यस्तो परिस्थितिमा सामान्यतया हरेक नागरिकले आशा गर्ने कुरा भनेको आउने प्रतिनिधिहरूले अब देशलाई एउटा फरक परिवेशमा र उज्यालो भविष्यतिर लैजानेछन् भन्ने नै हो। तर मतदाताहरूको मानसिकतामा अझै धेरै परिवर्तन नआइसकेको साथै जनताका आकांक्षा र असन्तुष्टि दुवै बेसरी चुलिएको अवस्थामा निर्वाचनको परिणाम कस्तो हुने हो?

त्यसपछि देशले लिने बाटो कस्तो होला? भनि अनुमान गर्नु अहिले नै सजिलो छैन। महत्वपूर्ण निर्वाचनलाई प्रभाव पार्न सक्ने अनेक तत्व छन्।निर्वाचनको प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित विभिन्न किसिमका प्रवृत्ति भएका मानिस विद्यमान छन ।कतिपय विगतमा जस्तै कर्मकाण्डीय राजनीतिमै लागिरहेका छन् ।लोकतान्त्रिक प्रणालि भएको देशमा निर्वाचन भनेको सिंगै देश र समाजको सकारात्मक परिवर्तनका निम्ति सबैभन्दा महत्वपूर्ण साधन हो भन्ने कुराको यिनलाई वास्तवमा कुनै मतलब हुँदैन।

फुटबल म्याचमा आफ्नो क्लबले जित्दा खुसी हुने र हार्दा दुःखी हुने दर्शकको जस्तो मानसिकता मात्र छ यिनको । देशका प्रमुख समस्याका रूपमा देखा परेका भ्रष्टाचार, परनिर्भरता जस्ता खराब प्रवृतिहरुको यदाकदा औपचारिक विरोध गरे जस्तो गर्छन्, तर आफ्नै पंक्तिका जिम्मेवार मानिसहरू भ्रष्टाचार र अनैतिकताको दलदलमा फँसिरहँदा समेत केही गर्न सक्दैनन्, बरू व्यावहारिकताका नाममा त्यस्ता कुकर्ममा सहनशीलता देखाउँछन्।

सिंचाई
Forest
Ad.

यथास्थितिको विरोध गर्ने र परिवर्तनको चाहना राख्ने अर्का खाले मानिसहरू पनि छन् । यीनिहरु भित्र पनि एउटै खालको प्रवृत्ति छैन।

पहिलो, यथास्थितिप्रति असन्तुष्टि बोकेर बसेका मानिसहरू । यिनलाई के बिग्रेको छ, के चाहिँ भएन भन्ने थाह छ तर के चाहिएको हो भन्ने चाहिँ थाह छैन । यस्ता मानिसहरू जहिले पनि यथास्थितिप्रति आफ्ना असन्तुष्टि तीतो बोलीमा सुनाइरहन्छन् तर आफ्नै स्पष्ट दिशा भने छैन ।अनी अर्का किसिमका अभियन्ताहरू छन् जसमा सकारात्मक परिवर्तनको सम्भावना छ, गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छन् । परम्परागत सोचबाट टाढै रहने र वर्तमानको यथार्थमा विश्वास गर्दै नयाँ बाटो बनाउन चाहने यिनीहरूका अगाडि विभिन्न चुनौतीहरु छन्।

यथास्थितिको विरोध गर्ने र परिवर्तनको चाहना राख्ने अर्का खाले मानिसहरू पनि छन्। यीनिहरु भित्र पनि एउटै खालको प्रवृत्ति छैन,

पहिलो, यथास्थितिप्रति असन्तुष्टि बोकेर बसेका मानिसहरू।

राजनीतिक शक्तिका रूपमा भर्खरै मात्र चिनिन थालेका यिनीहरू आफ्ना मूल्य मान्यताका कारण चुनावी खेलका प्रचलित अनुचित क्रियाकलापमा होम्मिन सक्दैनन् । आफ्ना असल मूल्य मान्यताबारे जनताको ठूलो पंक्तिसँग अन्तक्रिया गर्न यिनको पहुँच नै छैन । यिनका प्रतिबद्धताहरूको कार्यान्वयनका विश्वसनीय आधार साथै परम्परागत पेशेभर राजनितिज्ञ भन्दा फरक देखाउनु यिनका निम्ति सबभन्दा ठूलो चुनौती बनेको छ।

मुख्य समस्या त हामीकहाँ चुनाव लागेपछि केवल चुनाव मात्र लाग्छ, अन्य सबै विषय छायाँमा पर्छन् । नेता र कार्यकर्ता, अगुवा र बुद्धिजीवीको ठूलो हिस्सा मत र सिट गणना गर्नमै व्यस्त हुन्छ । निर्वाचन प्रक्रियासँगै जोडिनुपर्ने कैयौं विषय आम छलफलमा पर्दैनन्। संसदीय अभ्यास कसरी सफल बनाउने ? संघीयतामा प्रदेशको भूमिका कसरी जीवन्त बनाउने ? निर्वाचनलाई आम मतदाताको जीवन रूपान्तरणको ऊर्जामा कसरी परिणत गर्ने ? समावेशिता, समानुपातिक निर्वाचन प्रणालिको अर्थ र मर्म के हो ? यि र यस्ता विषय चयन गरिएका उम्मेदवार र तय गरिएको चुनावी रणनीतिमा अटाउँदैनन्।

Awareness by SKF

स्वतन्त्र हौं भन्ने अधिकांशका प्राथमिकतामा पनि पर्दैनन् यस्ता विषय। राजनीतिक पार्टीहरू बेकामे भए भनेर जति पनि फलाक्न सक्ने स्वतन्त्र उम्मेदवारको नजरमा प्रदेश, संघीयता अनी लोकतान्त्रिक चरित्र सबल कसरी बनाउने कुनै कार्यक्रम छैन । दु:खको कुरा त अधिकांश उम्मेदवार सँग सांसदका अधिकार र जिम्मेवारी, सामर्थ्य र सीमाबारे गम्भीर सुझबुझसमेत छैन । बरु कतिपय स्वतन्त्र भनिएकासँग ‘छु मन्तर’ मा विकास गरिदिने अचम्मको सपना छ । स्वतन्त्र नाममा देखिएको लर्कोमा केही अपवाद पक्कै छन् । ती अपवादको प्रभाव भने करिब शून्य जस्तै छ।

दलहरु गठबन्धनका नाममा फरक सिद्धान्त भएका व्यक्तिहरुलाई काँधमा बोकेर हिँड्दै छन् ? बरु पार्टी निर्माणमा काम गरेका सहयात्रीलाई किनारामा हुत्त्याएर रमिता हेरेका छन् । यी प्रश्नबारे सोच्न पनि शायद कुनै कार्यकर्तालाई फुर्सद छैन ।हाम्रो समाजलाई नजिकबाट हेर्दा समाजमा विचारको चिरा रहेको पाउछु । कोहि उमेरले बुढा भएपनि बिचार, कार्यशैलिले युवा भएको देख्छु तर धेरै युवाहरु उमेरले युवा भएपनि विचारले उही पुरानो चिन्तन र शैलिबाट ग्रसित छन।

वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनका संवाहक हुन्। त्याग, निष्ठा, बलिदान र नव-निर्माणको सुन्दर भावना भएका युवाहरू राष्ट्रको अमुल्य योद्धा मानिन्छन । युवाहरू स्वभावैले विद्रोही मानसिकताका हुन्छन्। उनीहरमा यथास्थितिबाट सामाज रुपान्तरण गर्नुपर्छ भन्ने धारणा राख्छन्। युवाहरुको रगतका थोपा-थोपामा समाज परिवर्तनको हुटहुटी हुनुपर्ने हो तर हामीकँहा अधिकांश युवाहरु पुराना राजनितिक दलको भक्ति गर्दैमा ठिक्क छन।

के देशको भविष्य त्यही भिडबाट राम्रो हुन्छ त? यदि हुन्छ भने स्पष्ट खाका देखाइदिनुहोस हामि पनि लागौला। के तपाँई देशको वर्तमान अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ?

हामि युवा पुस्ता भिडको सिकार भयौं र सोही भिडबाट व्यक्तिगत स्वार्थ पुरा गर्न तत्पर भयौ तर हामिले आफ्नो निजी स्वार्थ पुरा गर्दा समग्र देशको परिवर्तनको गती रोकिन्छ भन्ने सोंचेनौं ।

भिड जहिलेपनि सजिलो बाटो हिड्छ तर युवा अफ्ठ्यारो भएपनि परिवर्तनको बाटो हिड्नुपर्छ तब मात्र अवस्था परिवर्तन हुन्छ भन्ने हामिले सोँच्नुपर्छ ।तर मेरो ति तमाम भिडको पछि लागिरहेका युवाहरुलाइ प्रश्न छ तपाँई त्यो भिडमा लाग्नुको कारण के ?

के देशको भविष्य त्यही भिडबाट राम्रो हुन्छ त? यदि हुन्छ भने स्पष्ट खाका देखाइदिनुहोस हामि पनि लागौला। के तपाँई देशको वर्तमान अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ?

अहिले देशमा बालेन र हर्क जस्ता केही नयाँ युवा उदाउँदा थोरै खुशी त लागेको छ तर फेरी पनि तमाम युवाहरु आखिर कहिले सम्म हामी चुनावमा पार्टिको झन्डा बोक्दै हिड्ने र चुनाव पछि खाडिमा बालुबा बोक्न हिड्ने?

यसको जवाफ हालसम्मका शाशकहरुले दिनुपर्ने होईन ?कुनै एउटा बिदेशीले तेरो देश कुन हो भन्दा नेपाल भन्नपनि लाज लाग्ने अवस्था बनाएका छन तिनै अवसरवादी र स्वार्थी नेताहरूले अनि बिर्सिसकेका छन् देशको स्वाभिमान!

स्वाधीन देशको हरेक नागरिक हरेक पाइलामा स्वाभिमान गुमाउन बाध्य छन् देशको झण्डा र नेताको भाषणबाहेक कुनैचिज स्वाधीन छैन हामीकहाँ। कति हेर्नु तिनै पुराना थाकिसकेका अनुहारहरु मात्र सरकार देखि सरकार सम्म, चुनाव देखि चुनाब सम्म र मन्त्री देखि प्रधानमन्त्री सम्मका लागि?

– गोविन्द कंडेल
मुसिकोट, गुल्मी
हाल: लिस्वन, पोर्चुगल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया