गुल्मी: एक्काइसौँ जातीय भेदभाव तथा छुवाछुत मुक्त घोषणा दिवसको अवसरमा दलित सञ्जाल, मुसिकोटले भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रमलाई प्रभावकारी र सन्देशमूलक बनाउन संस्थाले तीव्र रूपमा तयारी अघि बढाएको जनाएको छ।
यसै सन्दर्भमा ओझेलका खबर संग गरिएको विशेष कुराकानीमा सञ्जालका सचिव चन्द्र रसाइलीले कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक परिवर्तनको अभियानका रूपमा अघि बढाइने बताउनुभएको छ। “छुवाछुत अन्त्यका लागि केवल नाराले मात्र पुग्दैन। त्यसका लागि यो कार्यक्रम महत्वपूर्ण अवसर हुनेछ।”
सचिब रसाईलिका अनुसार कार्यक्रममा सचेतनामूलक र्याली, अन्तरक्रिया, सांस्कृतिक प्रस्तुति तथा विभेदविरुद्ध सामूहिक प्रतिबद्धता व्यक्त गर्ने गतिविधिहरू समावेश गरिनेछन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज तथा सर्वसाधारणको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
सचिव रसाइलीले कार्यक्रम भव्य र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ।“समानता र सम्मानमा आधारित समाज निर्माणका लागि सबैको साथ अपरिहार्य छ,” रसाईलीले ओझेलका खबर संगको कुराकानीमा बताउनुभयो।
दलित सञ्जाल मुसिकोटले यस कार्यक्रम मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै विभेदमुक्त वातावरण निर्माणमा थप टेवा पुग्ने अपेक्षा गरेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







