Salime Malika Krishi Farm

Awareness Campaign

यसवर्षको न्वागी मेला मंसिर ५ गतेदेखि १० गतेसम्म हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: पौँदीवासीहरुको महान पर्व न्वागी पर्वका अवसरमा हरेक वर्ष बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ खारमा हुँदै आएको न्वागी मेला यस वर्ष मसिंर ५ गतेदेखि १० गतेसम्म हुने भएको छ।

पौँदीबासीहरुले नयाँ अन्न भित्र्याएको खुसीयालीमा मनाउने न्वागी पर्वलाई अझै भव्य बनाउन पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले हरेक वर्ष मेला आयोजना गर्दै आईरहेको छ।

यस वर्षपनि खेलकुद तथा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमका साथमा मेलाको आयोजना गरिएको समितिका सचिव एवम् वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयो।

सिंचाई
Forest
Ad.

शनिवार मेलाको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आचार्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको खुल्ला पुरुष भलिबल प्रतियोगीता हुने बताउनुभयो । त्यस्तै भलिबल प्रतियोगीतमा द्वितिय हुनेले नगद रु ८८ हजार ८ सय ८८ रुपैयाँ प्राप्त गर्ने जानकारी दिनुभयो।

मेलाकै अवसरमा जिल्ला स्तरीय कराते प्रतियोगीता, लोक भजन प्रतियोगीता, लोक भजन नृत्य प्रतियोगीता, आमा समुहको कुर्ची दौड, लाखे नाँच प्रदर्शनी, एकल रेकर्ड डान्स, समुहगत रेकर्ड डान्स, सोरठी भैलो कार्यक्रम, सराय नृत्य प्रतियोगीता, संस्थागत खुल्ला सांस्कृतिक कार्यक्रम, लोक दोहोरी गीत प्रतियोगीता, हास्यव्यंग्य कार्यक्रम र बृहत कृषि प्रदर्शनी लगायतका कार्यक्रम रहने उहाँले बताउनुभयो।

त्यस्तै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती सगैं रमाईलो मेला, सर्कस, बाल मेला समेत रहने बताईएको छ ।

पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजना रहेको मेलालाई बडिगाड गाउँपालिकाले प्रवर्द्धन गरेको छ भने प्रमुख बैकंको मुख्य प्रायोजन रहेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया