Smoking Causes Cancer

आज महाष्टमी, महागौरी देवीको पूजा आराधना



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: बडादशैँको आठौँ दिन अर्थात् महाष्टमी पर्व। आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा-आराधना गरिँदैछ।

महागौरी शिवकी शक्ति हुन्। यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। महागौरीलाई शाम्भवी पनि भनिन्छ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।

सिंचाई
Forest
Ad.

आज कालरात्रि गरिँदै

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ। नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन्।

अष्टमी र नवमीमा शक्तिपीठमा घुइँचो बढ्छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभाभगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोक भगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा श्रद्धालुको घुइँचो हुन्छ।

Awareness by SKF

यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्य शक्तिपीठ हुन्। -थाहा खबरबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया