Salime Malika Krishi Farm

Awareness Campaign

रुरुक्षेत्र-१, रिडीमा तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रुरु क्षेत्र गाउँपालिका-१, रिडीमा बृहत निःशुल्क स्वास्थ शिविर आज देखि सुरु भएको छ। शिविरको एक औपचारिक समारोहका बिच नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको हो।

रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजनामा तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल, नेपाल नेत्रज्योति संघ, लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पा र नेपाल औषधी व्यवसायी संघको सहकार्यमा शिविरको आयोजना गरिएको रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भयो।

कार्यक्रममा अध्यक्ष ज्ञवालीले उक्त शिविर बाट झन्डै २५०० को हारहारिमा विभिन्न रोगका बिरामीहरुले सेवा लिने तथा जटिल प्रकारका बिरामीहरुलाइ समेत पालिकाको सहयोगमा सम्बन्धि निकाय सम्म उपचार गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। सबैको साथ सहयोग पाएमा गाउँपालिकाले आगामी दिनहरुमा पनि यस्ता शिविर आयोजना गरी सञ्चालन गर्ने उल्लेख गर्नु भयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा विशिष्ट अतिथी पौड्यालले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई गाउँपालिकाले पहिलो एजेन्डा नै बनायर शिविर सञ्चालन गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा, विभिन्न किसिमका बिरामीहरुलाई मासिक रुपमा यस्ता कार्यक्रम सञ्चालन गरे जनताले समयमै उपचारको सुविधा पाउने बताउनु भयो। भोलि हुने विशेष मुटु रोग तथा सचेतना सम्बन्धि अंतरक्रिया कार्यक्रमलाई सफल पार्न उहाँको आग्रह थियो।

गाउँपालिका उपाध्यक्ष मिना देबि गौतमले कार्यक्रममा स्वागत गर्दै गाउँ बस्तीबाट विभिन्न प्रकारका रोगहरु पालेर बस्नु भएका आमा, बुवा दिदी बहिनी, दाजुभाइहरुलाई शिविरका नाममा मात्र नभई बृहत् सेवा समेत भएको उल्लेख गर्दै सबै लाई सेवा लिन तथा शिविरको सेवाको प्रचार-प्रसार गर्न आग्रह गर्नु भयो।

औपचारिक समारोहमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा। प्रकाश राज रेग्मी ,मुटु विशेषज्ञ डा।सुमन बन्जाडे , नेत्र ज्वती संघ केन्द्रिय सचिव भरत बहादुर चन्द्र , गुल्मी जिल्लाका सभापति शेर बहादुर थापा, रोग निवारण प्रतिस्ठान लुम्बिनी प्रदेशका अध्यक्ष अखिले स्वर पाण्डे लगाएको विशिष्ट आतिथ्यता रहेको थियो।

समारोहमा पालिकाका सबै वडाका वडा अध्यक्षहरु, गाउँकार्यापालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु ,स्थानीय राजनितिक दलका पार्टी प्रतिनिधिहरु, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरु, विभिन्न विद्यालयका प्रअ चथा प्रतिनिधिहरु, पत्रकार, महिला समूह, आमा समूह ,युवा क्लबका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो। गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल तथा स्वास्थ शाखा प्रमुख छत्र बहादुर अधिकारीले यस शिविरबाट पाल्पा स्याङ्जा गुल्मी र केही अर्घाखाँची बाट पनि सेवा लिने बताउदै सेवामा कुनै पनि अभाव हुन नदिन डाक्टरहरुलाई निर्देशन दिनु भयो। शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

Awareness by SKF

यस्तै वडा नं १ का वडा अध्यक्ष नवराज विकले यहाँको स्थानीय संघ संस्थाको ठूलो प्रयास साथ सहयोग रहेको बताउँदै सबैले प्रयाप्त सहयोग गरेमा शिविरबाट अपेक्षाकृत भन्दा बढी सेवा प्रवाह हुने जनाउनु भयो। कार्यक्रमको सञ्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया