गुल्मी: मदाने गाउँपालिकाले स्वास्थ्य स्वंमसेविकाको सेवा सुविधाका लागि विनियोजित रकम प्रदान नगरेपछि ध्यानाकर्षण गरिएको छ। मंगलबार नेकपा एमालेले एक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएको हो।
महिला स्वास्थ्य स्वंमसेविकाको लागि आर्थिक बर्ष २०७८/७९ को लागि विनियोजित रकम रु ४ लाख ७४ हजार पाँच सय कम आ.व समापन भइ ३ महिना बितिसक्दा पनि भुक्तानी भएको छैन । साथै आर्थिक बर्ष २०७९/८० को केही महिना बितिसक्दा पनि रकम प्रदान गिएको छैन।
स्वास्थ्य स्वंमसेविकाको रकम के कारण रोकिएको छ ? भन्दै नेकपा एमालेले आज ध्यानाकर्षण गराएको हो । साथै महिला स्वास्थ्य स्वंमसेविकाले पाउन सेवा सुविधा यथासिघ्र प्रदान गर्नुपर्ने माग राख्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो।
विनियोजित बजेट रकम गाउँसभाबाट पारित भएतापनि बजेट एक कर्मचारीले इन्ट्री गर्न नसक्दा फ्रिज हुन गएको र पालिकाले हस्तान्तरण गर्न नसकेको कुरा स्वास्थ्य स्वंमसेविकालाई बताइएको एक महिला स्वास्थ्य स्वंमसेविकाले बताइन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







