Smoking Causes Cancer

धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलान्यास, स्थानीय हर्षित



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तुमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ। वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास गरेका हुन्।

कुल एक करोड ९० लाखमा बन्ने पुल आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ। पुल निर्माण भएपछि विचित्र गुफासम्म पुग्न, हिमालय माविमा विद्यार्थीहरु अध्ययनको लागि जान एवम् किसानहरुलाई घाँस-दाउरा गर्न सहज हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले समयमै काम गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वस्तुका वडाध्यक्ष केशबराज भण्डारी लगायतको उपस्थिति रहेको थियो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया