Smoking Causes Cancer

भीरमा अडिएको आस्था: ‘सुपादेउराली’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सुपादेउराली मन्दिर अर्घाखाँची जिल्लामा अवस्थित एक महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो। जिल्लाको गोरुसिंगे-सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा यो मन्दिर रहेको छ।

नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बिचमा झण्डै ४ हजार ५ सय फिटको उचाइँको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ। यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरुको भीड लाग्छ।

यो प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापनाबारे विभिन्न जनश्रुतिहरु पाइन्छन्। भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, आदिका शिलाहरुबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने मान्यता छ । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ।

सिंचाई
Forest
Ad.

लाहुरेले भाकल गरेर भाकल पूरा नगरेकाले नजिकैको भीरमा रहेको चट्टानमा लाहुरे टाँसिएको किंवदन्ती छ। यहाँ एकादशी, औँशी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, शिवरात्री, रामनवमी, श्रीपञ्चमीलगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भीड लाग्छ। हिमाल दर्पण डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया