Salime Malika Krishi Farm

Awareness Campaign

मध्यपहाडी लोकमार्गको दुर्दशा: सवारीसाधन फसेर हैरान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट: बागलुङ सदरमुकामबाट पाँच किलोमिटरमाथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र भए पनि त्यसपछिको हालात २४ वर्षदेखि उस्तै छ।

बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएकामा तल्लो खण्डको सडक खहरेसम्म र उपल्लो सडकखण्ड इनारपानीसम्म कालोपत्र भइसके पनि खहरेदेखि अछेते हुँदै इनारपानीसम्म कालोपत्र हुन बाँकी १४ किलोमिटर सडक पार गर्न यात्रुलाई घण्टौँ लाग्ने गरेको छ।

अहिले खहरेदेखि इनारपानीसम्मको लोकमार्गमा दर्जनौँ पटक सवारी फस्ने र यात्रुले दुःख पाउने भइरहेको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग समयमै कालोपत्र नहुँदा यात्रुले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन् । चौध किलोमिटर सडकमा यात्रा गर्न अहिले दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको चालक भीम गुरुङको गुनासो थियो ।

सिंचाई
Forest
Ad.

“बजारदेखि छ किलोमिटर सडक कालोपत्र छ, त्यसपछिको इनारपानीसम्मको सडकमा दर्जनौँ पटक सवारी साधन फस्छ, एउटा सवारी साधन फसेपछि घण्टौँसम्म जाम पर्दा निकै मार पर्नाका साथै यात्रुलाई सास्ती पनि हुन्छ ” उनले भने “सयममै कालोपत्र भए कति सहज हुन्थ्यो होला? सरोकारवालाको ध्यान सडक कालोपत्र गर्नमा जाओस् आगमी दिनमा यस्तो सडकमा यात्रा गर्न नपरोस् ।

”ट्रयाक खुलेको २४ वर्षसम्म कालोपत्र नभएको भन्दै सडक विकासको नाममा भएको लापार्वाहीको उदाहरण प्रस्तुत गरिएको पत्रकार सज्जनकुमार सिंहले बताए । उनले नागरिकस्तरबाट समेत सडकको विषयमा चर्को आवाज उठ्दासमेत ठेकेदार कम्पनीले समयमै काम नसक्नु शङ्काको विषय भएको बताए । बागलुङ बजारदेखि घोडाबाधेसम्मको सडक ठेक्का सम्झौता भएको छ वर्षसम्म कालोपत्र हुनसकेको छैन । असारअघि बल्लतल्ल २५ किलोमिटर सडकमध्ये ११ किमि मात्रै दुई निर्माण व्यवसायीले कालोपत्र गरेका थिए ।

जिल्ला सदुमुकामको उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे बिहुँ खण्डमा छ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म पाँच किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्र भइसके पनि अन्य १४ किलोमिटर सडक असार अघि कालोपत्र नहुँदा समस्या भएको उक्त लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले स्वीकारे ।

“पच्चिस किलोमिटर सडक नै छ वर्षदेखि कालोपत्र भएको थिएन, गत वैशाख र जेठमा राम्रो काम भयो, सबै सडक कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेतासमेत ग¥यौँ” उनले भने,“कच्ची सडक कालोपत्र नगरेसम्म समस्या समाधान हुदैन, हाम्रो निरन्तरको पहलमा ११ किमि कालोपत्र गरेका छौँ, असारअघि सबै कालोपत्र गर्न निर्माण व्यवसायीले सकेनन्, यसमा निर्माण व्यवसायीको कमजोरी छ, पानी रोकिँदासाथ काम थाल्न र आगमी मङ्सिरसम्म सबै सडक कालोपत्र गर्न अन्तिम चेतावनी दिएका छौँ ।”

Awareness by SKF

आयोजना प्रमुख भण्डारीले गतवर्षजस्तो बोक्से खल्टोमा आउने समस्या अहिले नभएको भन्दै सडकमा सवारी साधन फसेमा तत्कालै आयोजनाले निकाल्नका लागि बिहुँ र खहरेमा उपकरण तयारी अवस्थामा राखेको बताए । उनले यो बर्खामा सवारीसाधन फसेर जाममा परे उपकरणको सहायताले सहजीकरण गर्नुको विकल्प नरहेको बताए ।

अहिले पानी पर्यो कि सडकमा सवारी साधन फस्ने लोकमार्गको नियति नै भइसकेको स्थानीयवासीको गुनासो छ । उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभिले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी– एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । यसका साथै अन्य स्थानको केही सडक बाहेक अधिकांश सडक कालोपत्र भइसक्दासमेत सदरमुकाम खण्डको १४ किमि सडक कालोपत्रे हुँन नसक्दा समस्या बल्झिएको हो। – रिपोर्टर्स नेपाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया