Salime Malika Krishi Farm

Awareness Campaign

मञ्जु पौडेलको स्वर्गीय आमा प्रति समर्पित तीज गीत ‘बाबाको आँगनी’ (भिडिओ सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ। गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन् । संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन् । फेरि संगीतबाट मनोरञ्जन नै हुदैन् भन्ने पनि हुँदैन् । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।

सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्ने हुँदैन्, कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कतियपय वास्तविक कथा वस्तुमा आधारित पनि हुन्छन् । कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा बस्तुहरु पनि चित्रण गरेका हुन्छ । यस्तै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्वजनिक गरेकी छन् । गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘बाबाको आँगनी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । उनले सार्बजनिक गरेको गीतमा खासगरि तिजमा गाइने गीतसँगै एउटा कथा बस्तु पनि समाबेश गरेकी छन्।

जुन कथा आफनै आमा गुमाउदाको पीडा र आमाले गुनगुनाएको गीत । गत वर्षको २०७८ साल कात्तिक ६ गते आफनी आमा भगवतीदेवी ज्ञवाली गुमाएकी गायिका पौडेलले यसपालीको तीजमा आफनी आमाले वषौं पहिले गुनगुनाएको गीतलाई आफुले आवाज दिएर आमाप्रति उच्च सम्मान व्यक्त गरेकी छन् । आमाको छोरी भएर जन्मेपछि आमाप्रति गर्नुपर्ने उच्च सम्मानलाई उनले गीत मार्फत ब्यक्त गरेकी छन् । आमा गुमाउदाको पीडालाई मुटुमा गाठो पारेरउनले यसपालीको तीजमा आमाप्रति स्नण्ण्छम दर्साएकी छन् ।

सिंचाई
Forest
Ad.

गायिक पौडेलले सार्वजनिक गरेको गीतको सुरुमा बोलिएको आमाप्रतिको शब्द भावले आमाप्रति जो कोहिलाई भक्कानीने बनाउदछ ।

गीत सुरु हुनुपूर्व उनले भनेकी छन् “आमा म तिम्रो छोरी हु, रगत हु, तिम्रो शंसस्कमर हु, तिम्रो चेतना हु, तिमिसँगै हास्न सिके, जीवन सिके, कला सिके कोमलता सिके, गाउन सिके, नाच्न सिके, गायन र नृत्य भित्र कलाको उच्चता भेटे, आज जुन गीत गाएकी छु , त्यो तिम्ले गुनगुनाएको, गाएको र मलाई गाउन सिकाएको गीत हो आमा, तर गीत मात्रै होइन मेरी आमाको इसवन्धन, मुटु र ममता हो,आमाहजुरको आवाजमा वषौं अघि सुनेको गीतमा आफनो स्वर भरेर तिम्रो सम्झनामा अर्पण गरेकी छु, आमा दुधको भारा त तिरेर सकिन्न सकिन्न, तर आज लाग्दैछ गीतको भारा पनि तिर्न नसकिदो रहेछ । यो त मेरी आमाको स्कृतीमा सम्झना हो, श्रृद्धा हो मेरो मनको चोखो सर्मपण ।”

‘बाबाको आँगनी’ बोलको तीज गीतमा मादलको खरी झरेपनि बाबाको आगनीमा धुलो उडाउदै नाच्ने कथा वस्तु गीतमा रहेको गायिक पौडेलले बताइन् । बिहे भएर घरमा गएकी चेली आफनो माइती घरमा आमाले दिएका पाउजू, नाचेका कुराहरु गीतमा रहेको उनले बताइन् । तीज गीत वास्ताविक गाउँमा गाइने भाकाको रहेको पौडेलले बताइन् । आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समावेश गरेको गायिका पौडेलले बताइन् ।

हिन्दु महिलाहरुको महान पर्व तिज आउन एक महिना वढि समय बाँकी छ । यहिँ अबसरमा उनले सार्वजनिक गरेको गीतको कथाले सर्वत्र चर्चामा छ । तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा वस्तु समेटिएको हुन्छ । यहिँ अनुरुप तिज गीत गाउँने प्रचलन पहिले देखि रहि आएको छ । पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ।

Awareness by SKF

गायिका पौडेलको एकल स्वर रहेको गीतमा लय मञ्जुकी आमा स्वर्गीय भगवतीदेवि ज्ञवाली, शब्द शिब हमालको रहेको छ । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी स्वर्गीय आमालाई पनि देख्न सकिन्छ। पौडेलले सार्वजनिक गरेको गीत अञ्जु पौडेल युट्युब च्यानलमा हेर्न सकिन्छ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया