Salime Malika Krishi Farm

Awareness Campaign

विवाह गरेको एक महिनामै २४ वर्षीया नुमाको पुछियो सिन्दुर (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: लामो समय देखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न पाएकोमा स्वतः हर्षित र गर्वित थिए अर्घाखाँची पुर्ख्यौली घर भएका बुटवल निवासी ३० वर्षीय पशुपति रसाइली र उनकी नव बेहुली २४ वर्षीया नुमा सारु मगर।

गत मंंसिर महिनाको २६ गतेका दिन उनीहरुले बुटवलको शिद्धबाबा मन्दिरमा अन्तरजातिय प्रेम विवाह गरेका थिए। तर, दुर्भाग्य विवाहको एक महिना नपुग्दै यति बेला नुमा सारु मगर उनै नव बेहुलाको मृत्युको काजकिरियाको कुनोमा छन्।

यस्तो हृदय विदारक घटना निम्ताएको थियो पुस १८ गते पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लग्वामा भएको बस दुर्घटनाले। ‘हिड्दा मलामी फर्किदा लास’ बिरलै घट्ने घटना हुन् । तर, पाल्पा बस दुर्घटनामा त्यही भयो।

सिंचाई
Forest
Ad.

अर्घाखाँचीको मालारानीमा नव दाम्पत्य जीवनको उत्साह चलिरहेकै बेला पुस १७ गते पशुपतिका वृद्ध बाबु बीरबहादुर टोमटाको असमायिक निधन हुन पुग्यो । ‘आफ्नो पुख्र्याैली घाट रिडीमा लैजानु है ।’ भन्ने बाबुको सपना पूरा गर्न छोराहरु अर्जुन रसाइली, पशुपति रसाइली लगाएतले पुस १८ गते दाहसंस्कारका लागि बस रिजर्भ गरेर रिडीतर्फ हिँडाले।

यो पनि: बुवाको शव लिएर मलामी गएका तीन छोराको बस दुर्घटना हुँदा एकै साथ मृत्यु

रिडीघाट पुग्न बढीमा १५ मिनेट बाँकी छँदा बस तर बारीमा खस्यो । बसबाट पहिल्यै अत्तालिँदै हाम्फाल्नेहरु सबै च्यापिए । एैया पनि भन्न नपाई ७ जनाले ज्यान गुमाए। ती मध्ये केहिदिन अघि मात्र विवाह गरिएको मृतक बीरबहादुरका छोरा पशुपति पनि थिए।

घरमा अघिल्लो दिनदेखि रुवाबासी थयो नै त्यस माथी अर्को मृत्यु घटनाले मुर्छित बने परिवारजन। दुई जना बसाई सराई गरेका सहित त्यस दुर्घटनामा परि मालारानी गाउँपालिका –२ कुभिण्डे गाउँका ५ जना होनाहार युवाहरुले ज्यान गुमाएका थिए।

Awareness by SKF

त्यस गाउँका २५ वर्षीय शंकर विक, ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक र ३३ वर्षीय अर्जुन विक र सोही स्थान पुर्खेयौली घर भई बुटवल उपमहानगरपालिका– १७ मा बस्दै आएका ३० बर्षीय पशुपति रसाइलीले ज्यान गुमाएका हुन् । त्यस्तै बुटवल–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री र वडा नम्बर १७ का ४० वर्षीय खुमबहादुर रानाको घटनास्थलमै मृत्यु भएको थियो।

पशुपति उनै मृतक वीरबहादुरका छोरा थिए । बस दुर्घटनामा परि बाँच्न सफल मृतक पशुपतिका माइला दाजु अर्जुन रसाइली भन्छन्‘ बाबुको सपना पूरा गर्न जाँदा संस्कारको उल्टो भयो । म आफू त कालको मुखबाट बाँचेर फर्किए। दुर्भाग्य विवाहको एक महिना नपुग्दै भाई पशुपतिले ज्यान गुमायो।

हामीले केहिबेर अघि सम्पर्क राख्दा काजकिरियाको कुनोबाट पँधेरो गर्न पुगेकी मृतक पशुपतिकी श्रीमती २४ वर्षीया नुमा सारु मगरले कुराकानी गर्न समय दिँदै भनिन् ‘मेरो माइती अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ मा हो। मैले वडा नम्वर १ को हरिहर बहुमुखी क्याम्पसमा ब्याचलर तेस्रो वर्षमा रनिङ्ग गर्दैछु। म बुटवल झरेर टिचरको तयारी गर्न थालेको एक वर्ष भयो। उहाँसंग प्रेम सम्बन्ध रहेको २०७४ सालदेखि हो। अहिले लगभग पाँच वर्ष भयो। मंसिर २६ गते विवाह भएको हो।

अहिले एक महिना पनि नपुग्दै यस्तो भयो। के गर्नेसँगै जान पनि नसकिने। उहाँको एउटा मात्रै सपना थियो मलाई पिएचडी गराउने। पैसाको अभावमा तिमीले पढाई अगाडि बढाउन सकिनौं भनेर मलाई पिएचडी गराउन उहाँ पैसा कमाउन थाल्नुभएको थियो। तिमीलाई गिटी कुटेर हुन्छ कि जे गरेर पनि मलाई पिएचडी गराएरै छाड्छु भनेर भन्नु हुन्थ्यो। अहिले विवाहको एक महिना पनि नपुग्दै छाडेर जानु भयो’ रुँदै भक्कानिदै उनले श्रीमानप्रति विलौना पोखिन्।

यस घटनालाई आधार बनाएर निर्माण गरिएको कार्यक्रम ओझेलका खबरको यो श्रृंखला हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया