Salime Malika Krishi Farm

Awareness Campaign

बुवाको शव लिएर मलामी गएका तीन छोराको बस दुर्घटना हुँदा एकै साथ मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो।

स्थानीयका अनुसार विरबहादुरका ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृत्यु भइसकेको छ। अहिले बुबाको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा बस दुर्घटनामा परि तिन जना छोराको पनि मृत्यु भएको जानकारी स्थानीयबासिन्दाले दिएका हुन्।

पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको बसका चालक फरार रहेका छन्। उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सिंचाई
Forest
Ad.

बुटवलबाट शव बोकेर पाल्पाको रिडी अत्येष्टिका लागि आएको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको थियो । तानसेन(तम्घास सडकखण्डको लघुवामा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले बताए ।

बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ। बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार मृत्यु हुनेमा रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा छन्। बाँकीको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइते हुनेको अवस्था पनि ग म्भी र रहेको प्रहरीले जनाएको छ।

Awareness by SKF

अर्घाखाँचीको मरेङबाट केही वर्षअघि बुटवलमा बसाइसराइ गरेको विक परिवार बुटवल बुद्धनगरमा पसल चलाउँदै आएका थिए। यस्तै मलामी गएकामध्ये तीन जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया