कृष्ण अन्जान, गुल्मी: मानिसका लागि जीवन सपना हाे, सपनाहरु उनिन्छन्, बुनिन्छन, जाेडिन्छन र ताेडिन्छन। आफुले देखेका सबै सपना पूरा कहाँ हुन्छन र तैपनि मानिस सपना देख्न भने छाड्दैन।
रुरुक्षेत्र-३, थानपतिका कमल साेमै यतिबेला जिउने सपना देख्दैछन। दुवै मृगौला फेल भएपछि जीवन जिउन खाेजिरहेका कमलका लागि कसैकाे सहयाेग जिउने सपना हाे। मृगौला फेल भएपछि महङ्गाे उपचार गराई रहेका ३२ वर्षे युवा कमल साेमैका लागि यतिबेला बाँच्नु ठुलाे कुरा भएकाे छ।
कमल साेमैले सजिलाेमा कति धेरैलाई सहयाेग गरे हाेलान तर यतिबेला उनी अप्ठ्याराेमा छन र सहयाेगकाे आशा गरिरहेका छन। जीवनकाे आराेह अवराेहमा आईपर्ने दुखमा सबैकाे साथ चाहिन्छ।
काेहिनुर साेमैका बाबा कमल साेमै बिरामी भएकाे खबरले विद्यालयका सरहरुलाई त प्रभाव पार्याे नै याे खबरले आफ्नै सहपाठी काेहिनुर साेमैकाे बाबाकाे पिडामा थाेरै पीडा बाँड्ने मन रेन्बाे ईङ्गलिश बाेर्डिँग स्कुलका स-साना नानीबाबुहरुलाई पनि भयाे।
शिक्षकहरुबाट संकलित १३ हजार पाँचसय र विद्यालयका विद्यार्थीहरुबाट संकलित ३६ हजार ७ सय सहित ५० हजार दुई सयकाे राशि सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईम बहादुर खत्री र प्रिन्सिपल याेजन खत्रीले काेहिनुर साेमैका हजुरबाबा दलविर साेमैलाई कमल साेमैका लागि विद्यालयमा एक कार्यक्रममा रकम हस्तान्तरण गर्दै सिघ्र स्वास्थ लाभकाे कामना गर्दा दुवै तर्फ आँखा रसाए।
सहयाेग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईम बहादुर खत्रीले काेहिनुर साेमैलाई दश कक्षा सम्म निःशुल्क पढाउने घाेषणा पनि गरे।
२०४९ साल पौषमा रुरुक्षेत्र गाउँपालिकाकाे दाेस्राे ठुलाे बजार बलेटक्सारमा स्थापना भएकाे रेन्बाे ईँगलिश बाेर्डिँग स्कुल शैक्षिक गुणस्तर कायम गर्ने कुरामा अव्बल त छ नै सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जिम्मेवार छ।
सामाजिक सचेतना सँगै वातावरण संरक्षणमा समेत आफुलाई कृयाशिल बनाएकाे याे विद्यालयले २०७४ सालमा पनि विध्यालयका विध्यार्थीलाई मृगौलाकाे समस्या देखिए पछि १ लाख पचास हजार रकम संकलन गरि हस्तान्तरण गरेकाे स्कुलका प्रिन्सिपल याेजन खत्रीले बताए।
‘हामी गुणस्तरीय शिक्षा सँगै सामाजिक उत्तरदायित्व वहन गर्न जतिबेला पनि तयार छौँ। काेहिनुर कमल साेमैकी मात्र छाेरी हाेईनन हाम्रो विद्यालयकी छाेरी हुन र उनका बाबा हाम्रो विद्यालय परिवारका सदस्य हुन। त्यसैले पनि सहयाेग गर्नु हाम्रो कर्तव्य हाे।’ प्रिन्सिपल याेजन खत्रीले ओझेलका खबरलाई बताए।
करिब ६ सय विद्यार्थीकाे अभिभाकत्व ग्रहण गर्दै बलेटक्सार जस्ताे ग्रामीण बजारमा सन्चालित याे स्कुलले २७ जनालाई राेजगारी दिँदै विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व र असल संस्कारकाे पाठ पढाइ रहेकाे छ। सेतोमसी डटकममा यो खबर प्रकाशित छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










