Smoking Causes Cancer

आज देखि तानसेन-रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: बुधबार (आज) देखि  पाल्पाको तानसेन-रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ।

यहि मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म १५ दिन सडक बन्द गर्न लागिएको हो। सडक डिभिजन कार्यालय तानसेनले सूचना जारी गर्दै सडकखण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिकाको जोर्ते भिरमा बाटो फराकिलो गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म र राती ९ देखि बिहान ४ बजेसम्म दुईतर्फी बाटो बन्द रहने डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए।

सिंचाई
Forest
Ad.

उनले अत्यावश्यक सेवा बाहेक सबै सवारी साधन रोकिने जानकारी दिनुभयो। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्न समेत सडक डिभिजन कार्यालय तानसेनले अनुरोध गरेको छ। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया