Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको बुर्तिबाङमा पिकअपले किच्दा १ को मृत्यु, ६ जना घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

छविलाल पाण्डे, बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पिकअप जिपले किच्दा शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। बुर्तिबाङ फाँटबजारमा ग २ च ५९८० नम्बको पिकअप जिपले किच्दा तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ६ जना घाइते भएका मध्ये फाँट बजारमा व्यवसाय गर्दै आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ ४८ वर्षीष लेवेन्द्र कुवँर ढोरपाटन नगरपालिका वडा नम्बर १ का नरकिताब सुनार, ढोरपाटन ५ का विष्णु सापकोटा, ढोरपाटन-५ का सक्रेनी घर्ती, ढोरपाटन-५ का नरमला घर्ती, ढोरपाटन नगरपालिका ७ बस्ने निमसरा घर्तीका ९ वर्षीय छोरा आकाश घर्ती घाईते भएका छन्।

घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको भने ढोरपाटन १ का नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ। उनीहरुको उपचारका लागि हेलीकप्टर मार्फत पोखरा रेफर गरिएको छ। अन्य घाइतेहरुको हात खुट्टा र ढाडमा चोट लागेको छ। घाईते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

सिंचाई
Forest
Ad.

बुर्तिबाङ फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्कीएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको पाइएको छ। चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानी नजानी जबरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दुर्घटना गराउने मल्ललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख जयराम वन्तले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया