Smoking Causes Cancer

हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, दुवै हत्केला छिनिने गरी आक्रमण; एकजना पक्राउ



ओझेलका खबर
८ घण्टा अगाडि


Place for ads

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनामा तीन महिनाकी शिशुसमेत घाइते भएकी छन्।

प्रहरीका अनुसार आज करिब ५ बजे सोही ठाउँका अन्दाजी ३६/३७ वर्षीय बमबहादुर रावत स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा गई धारिलो हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए।
उक्त घटनामा पुनकी श्रीमती, बुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका हुन्।

थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहान ८ः४० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको कमाण्डमा नौजनाको थप प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
हँसिया प्रहार गर्ने आरोपमा बमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

…..
ओझेलका खबर — खबर भित्रको खबर
…….
पोस्ट मिति : २०८३ कात्तिक २२ गते
समय : दिउँसो २.३८
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।….
.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो