♦
तम्घास । तिहार तथा छठ पर्वलाई लक्षित गरी अवैध रूपमा पटका बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गुल्मीको सदरमुकाम तम्घासबाट दुई पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारीले डिएसपी बिरेन्द्र बिश्वकरर्माका अनुसार आ बिहान करिब ८ बजे रेसुङ्गा नगरपालिका–८ खानीगाउँस्थित माइला जनरल स्टोर र जागृती सप्लायर्समा प्रहरीले गस्तीका क्रममा पटका बिक्री वितरण भइरहेको फेला पारेको थियो।
प्रहरीले माइला जनरल स्टोरका सञ्चालक, बारा जिल्लाको परवानीपुर गाउँपालिका–२ मुसहरी घर भई हाल खानीगाउँमा पसल सञ्चालन गर्दै आएका २८ वर्षीय कृष्ण शाहलाई नियन्त्रणमा लिएको छ। उनको पसलबाट मिनी बुलेट १० प्याकेट, किङ कोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुम घर भई खानीगाउँमा जागृती सप्लायर्स सञ्चालन गर्दै आएका २१ वर्षीय निशान्त पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पसलबाट मिनी बुलेट ४ प्याकेट, किङ कोब्रा ११ प्याकेट र झिरझिरे १३ वटा बरामद गरिएको छ।
प्रहरीले दुवै पसलबाट बरामद गरिएका पटका तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.….
पोस्ट मिति : २०८३ कात्तिक २२ गते
समय : दिउँसो १२. १५
……
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









