Smoking Causes Cancer

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु, पहिचान खुल्न बाँकी



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बुका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन।

गएराति करिब ११:५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सिंचाई
Forest
Ad.

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
…….
पोस्ट मिति : २०८३ कात्तिक २२ गते
समय : बिहान ९.२० 
……..
ओझेलका खबर — खबर भित्रको खबर
…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो