Smoking Causes Cancer

Awareness Campaign

अछाम जिप दुर्घटना: दुईको मृत्यु, स्याङ्जाका पौडेल सहित तीन घाईते



प्रेम सुनार
३ घण्टा अगाडि


Awareness

Place for ads

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा घाइते भएका हेटौँडा उपमहानगरपालिका–४ का ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

घाइते तीन जनामध्ये स्याङ्जा फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेलको अवस्था सामान्य रहेको छ। त्यस्तै सिराहा कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह र जिप चालक नेपालगञ्ज उपमहानगरपालिका–५ का २८ वर्षीय राजराजेन्द्र भिमराज चट्टान गुप्ताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्‍याएको थियो। प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →