Smoking Causes Cancer

पूर्वी नवलपरासीमा स्कुटर दुर्घटना, एक गम्भीर घाइते



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज बिहान भएको स्कुटर दुर्घटनामा एक पुरुष गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती सामान्य घाइते भएकी छन्।

आज बिहान करिब पौने ६ बजेको समयमा देवचुली नगरपालिका–२ दुम्कौली नजिक पूर्व–पश्चिम राजमार्गमा रजहरबाट सिजी तर्फ जाँदै गरेको लु ५६ प ९८४१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१६ निवासी ५७ वर्षीय त्रिलोचन पौडेल गम्भीर घाइते भएका हुन्।

दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी ५० वर्षीया श्रीमती उर्मिला पौडेल सामान्य घाइते भएकी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

सिंचाई
Forest
Ad.

दुवै घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर, चितवन लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →