Smoking Causes Cancer

अर्घाखाँचीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु



प्रेम सुनार
६ महिना अगाडि


Place for ads

अर्घाखाँचअर्घाखाँचीको सन्धिखर्क-९, टारीमा टिपरको ठक्करबाट आज साँझ एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सोही जिल्लाको मालारानी गाउँपालिका–५ का ३२ वर्षीय उमेश खत्रीको टिपरको ठक्करबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीका अनुसार सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्डको हंसपुरबाट टारीतर्फ आउँदै गर्दा लु १ क ५१३३ नम्बरको टिपरले ठक्कर दिएको थियो।

सिंचाई
Forest
Ad.

पैदल यात्रा गरिरहेका खत्रीलाई शुक्रबार साँझ टिपरले ठक्कर दिएको हो। घटनापछि टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको डीएसपी जिसीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →