Clean Water Campaign

Awareness Campaign

गायक नमराज पान्डेयको तीज गीत ‘दामी देखिन्छौ’ बजारमा



केशव खड्का
९ मिनेट अगाडि


       

Awareness

Place for ads

जापान , श्रावण २३: अर्घाखाँची जिल्लामा जन्मिएका नमराज पान्डेय, अहिले सामाजिक सञ्जालमा उदाउँदै गरेका एक संघर्षशील कलाकार हुन्। आर्थिक अभावको कठोर पृष्ठभूमिबाट आएका नमराज को जीवन आज प्रेरणाको उज्यालो बनेको छ।

नमराज पान्डेयको बाल्यकाल सजिलो थिएन। बिहानको खाजा नभएको दिनहरू, चप्पल नपाएर नाङ्गो खुट्टामा स्कुल पुगेका सम्झनाहरू अझै ताजा छन्। तर ती कठिनाइहरूमा पनि उनले एक सपना देखे – कलाकार बन्ने।

“हामीसँग पैसा थिएन, तर मेरो मनमा रंग, स्वर, अभिनय थिए,नमराज सम्झन्छन्।

सिंचाई
Forest
Ad.

उनले कुनै औपचारिक अभिनय तालिम लिएका थिएनन्, तर स्कुले नाटकदेखि स्थानीय महोत्सवसम्म उनले जति अवसर पाए, उति मेहनत गरे। गरिब परिवारको छोरो भएर पनि नमराज ले आफ्नो आत्मबल गुमाएनन्।

दिनभर मजदुरी गरेर कमाएको पैसाले उनी कहिलेकाहीं मोबाइलमा भिडियो बनाउँथे। ती भिडियोहरू आज सामाजिक सञ्जालमा फैलिँदै छन्। दर्शकहरू रमेशको अभिनय, सरलता र आत्मविश्वासबाट प्रभावित छन्।

नमराज पान्डेय को जीवन अहिले धेरै युवाहरूका लागि प्रेरणाको श्रोत बनेको छ।जहाँ पैसा र पहुँचले मात्र होइन, प्रतिभा र परिश्रमले पनि मान्यता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् नमराज पान्डेय।

२०६३ देखि संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका हुन भैंसी साटेझै बुडि साट्न मिल्ने भए, नक्कली मा परियो, तेरि स्वास्नी लग्यो ड्राइभर ले , मेरो छोरो हैन भन्छे, रिन्ले टुप्पी बिको गीतमार्फत उनले दर्शक–श्रोताको मन जितेका छन् ..

Awareness by SKF

पछिल्लो समयमा तीज गीत रेकर्ड गर्नको लागि रकर्डिङ स्टुडियोमा कलकारहरुको घुइचो लागेको छ।गीतमा गायक नमराज पान्डेय र गायिका प्रतिमा अर्याल ले आवाज दिएका छन् भने गित मा शब्द लय गायक नमराज पान्डेय कै रहेको छ । हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ।

उक्त गीतलाई महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन् । उक्त गीतको भिडियोमा शंकर बि.सी,लोसिना,लामिछाने,मनोहर श्रेष्ठको अभिनय देख्न सकिन्छ।

उक्त गितको म्युजिक भिडियो प्रतिमा अर्यालको यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →