Smoking Causes Cancer

बागलुङका होटलमा नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

जिप्रका बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक तमानखोला गाउँपालिका-१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङका सञ्चालक मकवानपुर कैलाश गाउँपालिका-९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका छन् ।

सिंचाई
Forest
Ad.

डिएसपी यादवले परिवर्तित जिल्ला ४५ अन्तर्गत १६ वर्षीय परिवर्तित नामथर ०८१/०८२ बागलुङ ३० लाई ४ वर्षदेखि पालैपालो होटलमा राखी ग्राहकहरू सँगबाट पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा प्रहरीले विक र भोम्जनलाई पक्राउ गरेको बताउनुभयो । उहाँले २०७७ फागुन १३ गतेदेखि २०८१ माघ २७ गतेसम्म नाबालिकालाई होटलमा वेश्यावृतिमा लगाएको देखिएको बताउनुभयो ।

प्रहरीले दुवै होटलको रितपुर्वक तलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने सामाग्रीहरू बरामद गरेको जनाएको छ । डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप लिई थप अनुसन्धान भइरहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो