Salime Malika Krishi Farm

Awareness Campaign

ठाढुङ्गा माविको ६३ औँ वार्षिकोत्सव सम्पन्न



बाबुराम महत
१ वर्ष अगाडि


Awareness

Place for ads

– बाबुराम महत
गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-३, दर्लामचौर स्थित ठाढुङ्गा माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ। समारोहको उद्घाटन प्रमुख अतिथी इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले गर्नु भएको थियो।

समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खड्काले गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले भोलि देखि दुई दिन सम्म विद्यालयका अध्यक्ष, प्रधानध्यापक लगायतका सरोकारवाला बिच सोही वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भएको थियो।

त्यस्तै कार्यक्रमका विशेष अतिथी इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले इस्मा गाउँपालिकाको शैक्षिक विकासमा ठाढुङ्गा माविले अग्रणी भुमिका खेलेर सहयोग गदै आएको बताउनु भएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा इस्मा-३ का वडाध्यक्ष ज्योतिराज कुँवर लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा प्रधानाध्यापक हरि पन्थीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमा वडाध्यक्ष ज्योति कुँवरले विभिन्न कक्षामा उत्कृष्ट नतिजा लिई उतिर्ण हुने र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षकद्वय स्वागत मन्तव्य र घनश्याम लम्सालले गर्नु भएको थियो। समारोहमा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर भव्य मनोरञ्जन प्रदान गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो