Salime Malika Krishi Farm

Awareness Campaign

बुटवलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

-खिम खड्का 
२४ माघ, बुटवल: बुटवलमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ। आज बिहान ९:५५ बजेतिर बुटवलको नेपालगन्ज रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु ४१ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिए पछि मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा १६ बस्ने ४५ बर्षिय उमेश बहादुर भण्डारीको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताउनुभयो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई घटनास्थलदेखि नजिकै रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो