गुल्मी: तोलादी प्राथमिक विद्यालय मुसिकोट-३, तोलादीका विद्यार्थीहरुलाई न्यानो कपडा (स्कुल युनिफर्म) एक कार्यक्रमका बिच वितरण गरिएको छ।
मुसिकोट वडा नं. ३ तोलादी निवासी स्व. भिम बहादुर खत्रीको स्मृतिमा उहाँको श्रीमती जयकला खत्री, छोराहरु ईन्द्र बहादुर खत्री, देव बहादुर खत्री, बुहारीहरु कृपा खत्री, लक्ष्मी खत्री तथा खत्री परिवारले विद्यालयका ३३ जना विद्यार्थीहरुलाई ट्रयाकसुट सेट, कपी पेन्सिल र खाजा वितरण गर्नु भएको हो।
बुवाको सम्झनामा आमा र २ भाईहरुले कपडा तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको ईन्द्र बहादुर खत्रीले बताउनु भयो।
कार्यक्रमको अवसरमा आफ्नो छोरा सुनिल कार्की बैवाहिक जीवनमा बाँधिएको सुखद अवसर पारेर चन्दादाता तथा समाजसेवी तिलक कार्कीले विद्यालयको लागि रु. ५ हजार सहयोग स्वरुप प्रदान समेत गर्नुभएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले आफुले कमाएको आम्दानीको कम्तिमा एक प्रतिशत समाजका लागि लगानी गर्न अनुरोध गर्दै महान कार्यका लागि खत्री परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। त्यस्तै शुभकामना मन्तव्य प्रस्तुत गर्दै पुर्व शिक्षक मधु मल्लले महान दिल भएका खत्री परिवार प्रति आभार व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पधाधिकारीहरु पुर्व प्रअ, पुर्व शिक्षक, चन्दादाता, स्थानीय समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान गिरीको अध्यक्षता, प्रधानाध्यापक यम प्रसाद ओलीको स्वागत मन्तव्य र पुर्व शिक्षक अर्जुन परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |













