गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं –६ कुर्घा भुवाचिदी बजारमा तेश्रो भाँटी मेला हुने भएको छ।
मालिका युवा क्लवको आयोजना, भुवाचिदी बजार व्यवस्थापन समिति र भुवाचिदी आमा समुहको सह–आयोजनामा यही पौष २६ गतेदेखि माघ ५ गतेसम्म भाँटी मेला सहित विविध खेलकुद र सांस्कृतिक कार्यक्रम अयाोजना गरिएको क्लवका अध्यक्ष राजेश रायमाझीले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता, खुल्ला महिला भलिबल प्रतियोगीता, खुल्ला भेट्रान्स भलिबल प्रतियोगीता, भाटी डान्स आईडल सामुहिक र एकल नृत्य प्रतियोगीता लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने अध्यक्ष रायमाझीले बताउनुभयो ।
मुसिकोट नगरपालिकाकै गौरवको योजना एवम् धार्मिक तथा पर्यटकीय स्थल मालिका मन्दिरको प्रचारप्रसार संगै नगरपालिका भित्र रहेका विभिन्न सम्पदाहरु स्थानीय कला, संस्कृती, रहनसहनहरुको प्रवद्र्धनसंगै मेलाले कृषि, पर्यटन, जलश्रोत र संस्कृतीको प्रवद्र्धनमा मद्धत पुर्याउने उहाँको भनाई छ ।
मेलामा बडिगाड नदीमा र्र्याफ्टिङ जस्तो साहसिक खेलबाट मनोरञ्जन समेत लिने व्यवस्था गरिएको छ । त्यस्तै दर्जनबढी राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने मालिका युवा क्लवका सचिव दिनेश सिंह ठकुरीले जानकारी दिनुभयो । जसमध्ये चर्चित लोक तथा दोहोरी गायक खेम सेञ्चुरी, राजु परियार, गायिका शान्ति रानी परियार, अस्मिता अधिकारी, टिका सानु, कुशल बेल्बासे, सुप्रिम मल्ल ठकुरी, प्रसाद खप्तरी मगर र रेशम निदोष लगायतका कलाकारहरुको प्रस्तुती रहने ठकुरीले बताउनुभयो ।
आयोजित खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगीतामा प्रथम हुनेले नगद रु. १ लाख ५० हजार १ सय ११, कप मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु १ लाख १ सय ११, कप मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ५० हजार १ सय ११, कप मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद रु. १५ हजार १ सय ११, कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगीता तर्फ प्रथम पुरस्कार नगद रु.२५ हजार कप, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार नगद रु. १५ हजार कप, मेडल र प्रमाणपत्र रहेको बताईएको छ । ३५ वर्ष माथि उमेर समुहको खुल्ला भेट्रान्स भलिबल प्रतियोगीतामा प्रथम पुरस्कार ३० केजीको बोका, कप, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार २० केजीको बोका कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |