Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटको कब्जामा राष्ट्रपति रनिङ शिल्ड: लगातार तीन बर्ष जितेपछि खुसीयाली



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड मुसिकोट नगरपालिकाले कब्जा गरेको छ । मुसिकोट नगरपालिकाले लगातार तीन बर्ष जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्राप्त गरेको छ ।

मुसिकोटले १७ स्वर्ण, २० रजत र २३ कास्य गरेर ६० पदकसहित प्रथम भएको हो । त्यस्तै इस्मा गाउँपालिका नौ स्वर्ण, तीन रजत र पाँच कास्य गरेर १७ पदकसहित इस्मा गाउँपालिका उपबिजेता बनेको छ । गुल्मी दरवार गाउँपालिकाले आठ स्वर्ण, पाँच रजत र सात कास्य गरेर २० पदकसहित तृतिय स्थान प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले जानकारी दिए ।

रेसुंगा नगरपालिकाले सात स्वर्ण, चार रजत र १० कास्य गरेर २१ प्दक प्राप्त गरेको छ । चन्द्रकोट गाउँपालिकाले चार स्वर्ण, सात रजत र आठ कास्य गरेर १९ पदक प्राप्त गरेको छ । मालिका गाउँपालिकाले दुई स्वर्ण, छ रजत र पाँच कास्य गरेर १३ पदक प्राप्त गरेको छ । मदाने गाउँपालिकाले दुई स्वर्ण, एक रजत र तीन कास्य गरेर छ पदक प्राप्त गरेको छ ।

सिंचाई
Forest
Ad.

धुर्कोट गाउँपालिकाले दुई स्वर्ण र तीन कास्य गरेर पाँच पदक, छत्रकोट गाउँपालिकाले एक स्वर्ण, चार रजत र एक कास्य गरेर छ पदक, सत्यवति गाउँपालिकाले एक स्वर्ण र एक कास्य गरेर दुई पदक, कालिगण्डकी गाउँपालिकाले एक स्वर्ण पदक मात्रै प्राप्त गरेको छ ।

त्यस्तै रुरु क्षेत्र गाउँपालिकाले चार रजत र पाँच कास्य गरेर नौ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले जानकारी दिए । गत २४ माघदेखि २६ सम्म संचालित राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताका जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले उद्घाटन गरेका थिए ।

प्रतियोगीतामा महिला तथा पुरुष भलिवल, दौड, तेक्वान्दो, कपर्दी र हाइजम्प, लङजम्प, कराँते र हुस्सु लगायतका खेलमा आठ सय बढि खेलाडीहरुले प्रतिस्प्रर्धा गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरीप्रसाद महाकिमले जानकारी दिए ।

सवै खेलाडीको दुर्घटना बिमा र तीन जना खेलाडीले सुविधा पाए । गुल्मी जिल्ला अस्पताल तम्घासले प्राथमिक उपचार, एम्बुलेन्स र जनशक्तिको प्रबन्ध खेलअवधीभर गरेको थियो । त्यस्तै स्वयसेवक तथा निर्णायकमा नेपाली सेना र सशस्त्र प्रहरी बल तथा सुरक्षा र ट्राफिक व्यावस्थापनमा नेपाल प्रहरीले सहयोग गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष महाकिमले बताए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →