Salime Malika Krishi Farm

Awareness Campaign

पीडा खोल्दैनन महिला: स्तन क्यान्सरको समस्या बल्झिदै



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: तीन महिनादेखि गुल्मी (४६) लाई स्तनमा गिर्खा देखिएपछि भोक र निद्रा पर्न छोडेको छ। उनले आफ्नो पीडा घरका कसैलाई भनेकै छैनन्। सामान्य समस्या होला भनेर कतै अस्पताल पनि गएकी छैनन्। सामाजिक संजालमा मार्फत स्तन क्यान्सर सम्बन्धी जाँच र अभिमुखिकरण हुने पत्तो पाएपछि शनिबार बिहानै बालमन्दिर आइपुगिन्।

करिव डेढ घण्टा बिशेषज्ञ डाक्टर सञ्जय पाण्डेयले संचालन गरेको प्रशिक्षणमा सहभागी भइन् । पाण्डेयले निकै गाउँले भाषमा बिशेष गरेर स्तन क्यान्सर, क्यान्सरका लक्षण, उपचार र बच्ने उपायहरुको बारेमा अभिमुखिकरण गरे । गुल्मी (४६) ले डाक्टर पाण्डेयलाई आफ्ना पीडा पनि सुनाइन् । तर, त्यो सामान्य समस्या रहेछ । ‘मैले बेलैमा चेकजाँच गरेको भए पीडा बोकेर हिडनुपर्ने रहेन्छ । मेरो जस्तो समस्या क्यान्सर पनि हुने रहेछ,’उनले भनिन,‘कार्यक्रमले निकै फाइदा पुग्यो ।’

रेसुङा (४७) पनि स्तनको समस्याले लामो समयदेखी पीडित थिइन् । पीडा सुनाउने श्रीमान थिएनन् । छोरा बुहारीसङ भन्न दहकस लाग्यो । कतिपटक अस्पताल एक्लै पुगिन । धेरैले सामान्य समस्या भनेर औसधि दिएर पठाए । तर, उनी ढुक्क भइनन । पछि छोरासग बाध्य भएर समस्या बताइन् । छोराले काठमाडौ लगेर विशेषज्ञसग उपचार गराएपछि ढुक्कले क्यान्सर होइन भनेर घरमै छन । त्यही पनि शनिबार अभिमुखिकरणबाट केही नयाँ कुरा सिकिएला भनेर आएको उनले प्रतिक्रिया दिइन् ।

सिंचाई
Forest
Ad.

बिशेषज्ञ डाक्टर सञ्जय पाण्डेयको प्रशिक्षणपछि प्रतिक्रिया दिदै गुल्मी (३७) ले छोरा मान्छेलाई स्तन क्यान्सर हुँदैन भन्ने भ्रमबाट मुक्त भएको बताए । उनले स्वास्थ्य सचेतनाका कार्यक्रम बस्ती स्तरमा जरुरी रहेको बताए । डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेसन तथा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको संयोजनमा स्तन क्यान्सरको जाँच तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

सोहि अवसरमा अभिमुखीकरण गर्दै डाक्टर पाण्डेले धेरै पहिलाहरुले रोगको लक्षणलाई बेवास्था गर्दा समस्या बल्झिएर मृत्युको मुखमा पुग्ने गरेको बताए । ‘लक्षणको ख्याल नगर्ने र लक्षण देखिएपछि उपचारभन्दा मानसिक रुपमा बिक्षिप्त हुने परिपाटी बढि छ । क्यान्सरको लक्षण देखिने बित्तिकै बिज्ञलाई भेटौ,’उनले भने,‘बेलैमा उपचार भए मर्न पर्दैन् ।’ शिविरमा दुई सय ४९ महिला र दुई जना पुरुषले सेवा लिएका थिए ।

रोटरी क्लब अफ रेसुङ्गाका उपाध्यक्ष गुणानिधि पाण्डेले नसर्ने रोगहरुको समस्या गाउँसम्म निकै फैलिएको र उपचारमा मान्छेसंगै सम्पति सकिने अवस्था रहेकाले सचेत बन्नुनै ठुलो बुद्धिमानी हुने बताए । सामुदायिक स्वास्थ्य सचेतना निकै आवश्यक रहेकाले आफुहरुले तम्घासमा स्तन क्यान्सरको जाँच र अभिमुखिकरण गरेको बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपमेयर अमृतादेवी कुँवरले व्यक्ति, परिवार र सामुदायिक सोँच, डर र लाज तथा आर्थिक अभाव लगायतका कारणले कैयौँले क्यान्सर रोगसंग जुध्न परिरहेको बताइन् । उनले स्तन क्यान्सरको जाँच तथा अभिमुखिकरण गरेर सयौ महिलाहरु लाभाम्बित बन्ने अवस्था सृजना गरेकोमा फाउण्डेशन र क्लव प्रति खुसी व्यक्त गरिन् ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →