Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा चोरीमा आवद्ध १२ जना पक्राउ, डाँकाचाेरी मुद्दामा सबै हिरासतमा



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधवार एकैदिन चोरीमा संलग्न १२ जना व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्लाका विभिन्न ६ ठाउँमा भएका छुट्टा छुट्टै चाेरीका घटनामा संलग्न भएकाे आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर डाँकाचोरी मुद्दा दर्ता गरेको छ ।

प्रहरीले थप अनुसन्धानकाे लागि १२ जनालाई हिरासतमा राखेकाे छ । यसरी डाँकाचोरी मुद्दामा एकैदिन १२ जना हिरासतमा गएको जिल्लामा नै याे पहिलो घटना हुन सक्ने जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

कुन-कुन घटनामा को-को पक्राउ परे?

सिंचाई
Forest
Ad.

पक्राउ पर्नेहरुमा सबैजना गुल्मी जिल्लाकै युवाहरू छन् । ईस्मा गाउँपालिका–५ सिराराका २० वर्षीय सागर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ मंसिरमा माधव कुँवरको लु ३६ प ५१८७ नंम्बरको मोटरसाईकल र सुरेश बहादुर दमाईको लु ५४ प १०२३ नं.को मोटरसाईकल चोरी गरी भागेका थिए ।

त्यस्तै गत २८ मंसिरमा धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलका दिन बहादुर कामीको किराना पसल चोरी गर्ने सोहि स्थानका २२ वर्षीय गणेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ । १५ मंसिरमा रेसुङ्गा नगरपालिका ५ बर्दबासी बिष्णु कुमारी जोगी कुँवरको बोका चोरी गर्ने रेसुंगा ७ का २३ वर्षीय विरेन्द्र परियार, मालिका गाउँपालिका ७ का २५ वर्षीय सुनिल बिक र १५ वर्षीय बालकलाई नियन्त्रणमा लिएर चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

५ पुसमा मदाने गाउँपालिका-६ का ७२ वर्षीय निर्प बहादुर कुँवरको २५ हजार तथा जिन्सी सामान चाेरी गर्ने ४५ वर्षीय भुपेन्द्र कुँवर, ५ पुसमै गुल्मीदरवार गाउँपालिका-३ निदुर बस्ने कुल बहादुर सराङकाेटी र हुम बहादुर खत्रीको घरमा जिन्सी सामानहरु चोरी गर्ने गुल्मीदरवार गाउँपालिका-१ का २८ वर्षीय हिमाल भन्ने भुवन केसी, वडा नं. ३ का ३० वर्षीय सन्दिप थापा, २२ वर्षीय आशिष बस्नेत. रेसुङ्गा नगरपालिका-१२ का २७ वर्षीय सन्तोष राना, धादिङ शिद्धलेख गाउँपालिका-३ का ३५ वर्षीय पदम थापा मगरलाई सामानहरुसहित प्रहरीले पक्राउ गरेर गुल्मी अदालत तम्घासबाट म्याद थप गरि थप अनुसन्धानकाे कार्य भईरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए ।

त्यस्तै ९ पुसमा चन्द्रकोट गाउँपालिका-३ धामीगारेकी ५३ वर्षीया सुन्तली थापाकोे दुई थान मोबाईल चोरी गर्ने चन्द्रकोट गाउँपालि- २ का २८ वर्षीय रोम बहादुर सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Awareness by SKF

प्रहरी प्रमुख प्रधानले १२ जनालाई पछिल्ला विभिन्न मितिमा प्रक्राउ गरेर हिरासतमा राखिएको बताए । प्रधानका अनुसार गत वर्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएका दुई सय ६० मुद्दामा २५ वटा चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा थिए । यो आर्थिक वर्षको ११ पुससम्म एक सय दश मुद्दा मध्ये १४ वटा चोरी तथा डाँका सम्बन्धी कसुरका रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →