Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा समाजद्वार देउसीभैलोको रकम मृगौला पीडितलाई प्रदान



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: अहिले पनि शहरका गल्ली र चोकमा देउँसी र भैलोको लहडले छेकिरहेका छन्। त्यसरी देउँसी भैलो खेल्ले अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन्।

तर, गुल्मीको हाम्रो रेसुंगा समाजले देउँसी र भैलो खेलेर संकलन गरेको रकम मृगौला पीडित ५८ बर्षीया पुतलीदेवि थापालाई प्रदान गरेका छन् । सामाजिक भावना हराउँदै गएका बेला समाजले गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेपछि प्रसंसा कमाइरहेका छन् ।

रेसुंगा समाजले ५ मंसिरमा खानीगाउँमा खेलेको देउँसीभैलोबाट खेलेर संकलन भएको २० हजार रुपैयाँ छोरा भुवन थापालाई प्रदान गरिएको समाजका अध्यक्ष सरिश्मा नेपालीले जानकारी दिइन् । समाजका दुखी गरिवका स्वास्थ्य समस्यामा सहजीकरण गर्ने उदेश्यले ०७९ सालमा स्थापना भएको समाजले विभिन्न समाजिक काम गर्दै आएको नेपालीले बताइन् । सहयोग रकम रेसुंगा नगरपालिका ८ का वडाध्यक्ष निरञ्चन थापा मार्फत पीडित परिवारलाई बुझाइएको हो ।

सिंचाई
Forest
Ad.

सहयोग रकम पीडित परिवारलाई प्रदान गर्दै अध्यक्ष थापाले समाज देखाएको सामुदायीक भावनाले बिरामी गरिव बिपन्न परिवारलाई ठुलो सहयोग पुगेको बताए । उनले आगामी दिनमा समेत समाज र वडा कार्यालयबिच थुप्रै रचनात्मक काममा सहजीकरण गर्ने बताए । रेसुंगा नगपालिका–८ की ५८ बर्षीया पुतलीदेवि थापा डेढ बर्षदेखि मृगौला पीडित छन् ।

पाँच बर्षदेखि मुटुको समस्यासंग लड्दै आएकी थापामगरलाई पछिल्लो समय मृगौलाले थला पारेको छ । केहि समय अगाडी श्रीमान भिमबहादुर थापा मगर पनि दमको कारण बिते । त्यसपछि दुवै मृगौला फेल भएर बिस्तारामा जीवन कटाएकी पुतलीदेविको शरिर सुन्निएर बेहाल बनेको छ । तर, आर्थिक अभावका कारण डेढ बर्षदेखि मृगौलाको समस्या च्याँपेर बिस्तारामै मृत्युसंग थापा लडिरहेकी छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →