Salime Malika Krishi Farm

Awareness Campaign

अमूल्य जीवन पासोमा नपरुन्…



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

– टोपलाल अर्याल
पत्रकार तथा मानव अधिकारकर्मी

मोहन घिमिरेले शनिबार बिहानै लेखेको स्टाटसले सबैलाई तरङ्गित बनायो। आफन्तहरु मान्छे खोज्न थाले शुभचिन्तक कमेन्ट र स्टाटस लेख्न। घिमिरेको स्टाटस अनुसार खोज्नेहरुले पनि राम्रो सोँचेर खोजेनन्। सोच्ने र खोज्नेहरुका मन धमिलो नै थियो। नभन्दै बढ्दै गएको बिहानीको उज्यालोले राम्रो खबर ल्याएन। केहिबेरमा झुण्डिएकै तस्विरनै सार्वजनिक भए।

प्रहरी प्रशासनले आधिकारीकता दिन थाले। शव चितामा चढ्न नपाउँदै पनि शनिबार र आइतबार संजाल तथा सभाहरुमा मोहनको मृत्युको विषयमा अनेक बहस भए । घटनाको वास्तविकता बाहिर आउन जरुरी छ। तर, मोहनले लेखेको स्टाटसबाट बाँचेकाले के सिक्ने? उनी परिवारको मुली थिए। मुली खाँबोनै अधबैंशे उमेरमा ढलेपछि परिवारको अवस्था के होला? चोक, पार्टी कार्यालय र घाटमा रुने चिच्याउनेहरु केहिबेर हो। सन्तान जीवनभर टुहुरो बन्यो। छिमेकीका बाबाहरु देख्दा सन्तानले सोध्ने मेरो बाबा खोइ भन्ने प्रश्नको जवाफ आमाले कहिल्यै दिनसक्ने छैनन्।

सिंचाई
Forest
Ad.

पीडाले शरिर पोल्दा, हेपेर छिमेकी बोल्दा जवाफ फर्काउने श्रीमान नहुँदा महिलाले भोग्ने सास्ती कति छन् कति। उमेर, जोश र उर्जा तथा नेतृत्वका कारण भरिलो घिमिरेको घर भोली सवैका लागि बिरानो बन्नेछ। त्यस्तै उनी युवाहरुको आशा हुन् । आशा गरेकाले के गर्ने । उनी नेतृत्वकर्ता थिए । समुदायको लागि ठुलो जिम्मेवारी बोकेका युवाको मरणले कँहिकतै राम्रो सन्देशको सचार गरिरहेको छैन् । उनले भनेका छन् ‘परिस्थितीको चपेटामा परेपछि बाँच्नुको अर्थ हँदो रहेनछ् ।’ घिमिरेले भनेको परिस्थिती के होला ? पारिवारीक, आर्थिक सामाजिक तथा कोहि कसैको आपराधिक । नजिकबाट नेता, नेतृत्व र प्रहरी प्रशासन तथा आफन्तहरुले खोज्नुपर्छ।

यो पनि: गुल्मी जिल्लामा आत्महत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

जिल्लामा आत्महत्याको अवस्था निकै विकराल बन्दै गएको छ। जिल्लामा सवै उमेर समुह, वर्ग र जातका मान्छेहरु झुण्डिरहेका छन् । इस्मामा केहि समय पहिले गोरु चराएर फर्किका ८४ बर्षीय बृद्धले पानी प्यास लागेर माग्दा श्रीमतीले फर्काएका बचन सहन नसकेर आत्महत्या गरे । कस्तो बिडम्बना । गाउँमा वृद्धवृद्धा मात्रै छन्। बुढाबुढीमा ठासठुस स्वभाविक हो । तर, कहिलेकाँही मन नसमालिन सक्छ । मन समाल्ने केटाकेटीले हो छोराछोरीले हो।

कालिगण्डकीमा नयाँ बर्षकै दिन दम्पती एउटै पासोमा झुण्डिए । यो घटनाको रहस्य कसैले खोजेनन् । परिवारमा दम्पतीनै झुण्डिएर मर्न किन बाध्य भए । एउटा जीवन होइन दुईवटा अमुल्य जीवन कसरी एउटै पासोमा परे ? गुल्मीदरबारमा बाबाआमाले पिकनिकको लागि पैसा नदिएको कारण ११ बर्षीया बालिका घरकै बलेनीमा झुण्डिइन्।

Awareness by SKF

इस्मामै बाबाआमासंग सामान्य झगडा परेर कोठामा गएका एक ९ बर्षीय बालक बाबा आमा सुत्न जाँदा झुण्डिएका भेटिए। अब भन्नुस छोराछोरीहरुको मन कसरी समाल्ने । समाजका आडम्बरहरुको सबैभन्दा छिटो नक्कल गर्ने बालबालिकाका हुन् । उनीहरुले छिमेकको देखेर घरमा माग्दा हुँदा खानेहरुले के गर्ने? तम्घासमै केहि समय पहिले एक किशोरीले सेल्फी खिचेर समेत आत्महत्या गरिन्।

गुल्मीमा आत्महत्याको डरलाग्दो स्थिति देखिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार तीन बर्षमा २ सय ४७ जनाले आत्महत्या गरेका छन् । झुण्डिएर, बिष सेवन गरेर, पानीमा डुबेर एवम् हातहतियारको प्रयोग गरेर मानिसहरुले आत्महत्या गरेका छन् । तीन बर्षको अवधिमा सबैभन्दा धेरै झुण्डीएर मात्रै आत्महत्या २ सय १६ जनाले गरेका छन्।

त्यस्तै बिष सेवन गरेर २४ जना, पानीमा डुबेर पाँच जना एवम् औजार तथा हातहतियारबाट एक जनाले आत्महत्या गरेका छन् । माथिका पात्र र परिस्थितीसंगै मैले आत्महत्याको प्रमुख कारण मन मानेको छु । किनकी यो मन नियन्त्रणमा रहेन भने मान्छेले आत्महत्या गर्छन् । मन जस्तो बनायो त्यस्तै हुन्छ । मनकै कारण राम्रो खानलगाउन, राम्रो देखिन वा देखाउन पर्छ । कसैले केहि भन्छ त्यहि मनलाई पीर पर्छ । पीर परेको छैन भनेर मन बुझाउन सके फेरि त्यहि मन खुसी बन्छ । कहिलेकाँही साथीसंगी र छिमेकी हेरेर मन परिवर्तन हुन्छन् । उस्तै नभएको, नपाएकोमा दुखी बन्छौ । तर, मनलाई त्यस्तै हो भनेर बुझाउँदैनौ।

यो पनि: कुन परिस्थितिको चपेटामा परेर ज्यान हाले गुल्मी मुसिकोटका वडाध्यक्ष घिमिरे? (भिडियो सहित)

मन सामान्यभन्दा सामान्य कुराले दुख्छ वा दुखाउँछौ र कुरा खेलाउँदै बस्छौ । कडा रोगको कारण ज्यान फालेका, गरिवी, त्रृmण, पारिवारीक विचलन लगायतका कारण आत्महत्याका कारणहरु रहेका छन् । तर, ती सवै मनसंग सम्बिन्धत छन् । रोग, भोग, गरिवी र बिचलनमा परेर कैयौ मान्छे छन्, छन् हाम्रो समुदायमा । उनीहरुले मन बुझाएर बाँचेका छन् । घर, घडेरी बेचेर, सडकमा घस्रेर, जीवनभर औषधी र अस्पताल खेपेर, दिनभर आधा पेट आएर पनि मान्छेले यो अमुल्य जीवन फालेका छैनन् । प्राण त दुई दिन थेग्न, आफन्तले देख्न हजारौ लाखौ रुपैयाँ खर्च गरेर भेण्टिलेटरमा रहनछ भने अमूल्य जीवन आवेशमा खेर नफालौँ।

कांग्रेस नेता चन्द्र भण्डारी ग्यासका कारण जले, आमा गुमाए । उनले अझै राम्रो जीवन पाउन सकेका छैनन् । बल्लबल्ल उभिएर परदेशका उपचारको बारेमा बोले, नेपालको अभाव खोले । अहिले नेपालमै उपचारको बारेमा जोडतोडले कुरा उठाउँदै अभियान समेत अगाडी बढाएका छन् । अहिले मोहन घिमिरेलेको घटनाले जिल्ला तातेको छ । समिक्षा र छलफल खुबै भएका छन्।

तर, अवस्था न्यूनिकरणको लागि स्थानीय तह र सरोकारवाला गम्भिर छैनन्। स्थानीय तहमा सेलिब्रेटी लहडका स्यालहुइँया कार्यक्रमले प्राथमिकता पाउँदा आर्थिक सामाजिक विषय ओझेलमा छन्। स्थानीय तहले हत्या, आत्महत्या, बलात्कार र कुसंस्कार एवं कुरितीका तथ्यांक मात्रै संकलन गर्ने भन्दा पनि त्यसका आधारमा नीति निर्माण गरेर ठुलो संख्यामा हुने मानवीय क्षति र अपराध न्यूनिकरणमा सक्रियता दखाउनुपर्छ । ताकी अमुल्य जीवनहरु पासोमा नपरुन्।

लेखक नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष समेत हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो