Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी जिल्लामा आत्महत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढ्ेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गुल्मी जिल्लाको ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा ३ वर्षमा २४९ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जस माध्ये १७३ जना पुरुष, ३० जना महिलाहरु रहेका छन् । सबै भन्दा धेरै आत्म हत्या गर्ने उमेर समुह ६० वर्ष भन्दा माथि रहेको छ । जसमध्ये ८० वर्ष माथिका ५ जना व्यक्तिहरु पर्दछन् । त्यसै गरी आत्म हत्या गर्ने २६ जना व्यक्तिहरु १६ वर्ष भन्दा कम उमेरका बालबालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको ३ वर्षे तथ्याङ्क अनुसार गुल्मीमा प्रत्येक ५ दिनमा १ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । तीन वर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । सबै भन्दा कम जिल्लाको कालिगण्डकी गाउँपालिकामा ७ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै, रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवती र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६, चन्द्रकोटमा १७, छत्रकोटमा २३, धुर्कोटमा २१ गुल्मीदरबारमा १९,जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रहरी कार्यालय गुल्मीले विद्यार्थी, जिल्लाका सरोकारवाल निकाय तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको उपस्थितमा उक्त कार्यक्रम गरेको हो । बढ्दो आत्म हत्या न्यूनिकरण गर्न, आम नागरिकहरुलाई सुसुचित गर्ने उदेश्यले देशव्यापी सचेतना कार्यक्रम अन्र्तगत गुल्मी जिल्लामा पनि गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया