Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङका बालकृष्ण अर्याल अर्थात ‘पौरखी हेडसर’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी:  बालकृष्ण अर्याल अर्थात “पौरखी हेडसर”। स्वदेशमै सम्भावना खोज्न सके थुप्रै अवसरहरु छन् भन्ने उदाहरण बनेका छन् बागलुङको बडिगाड गाउँपालिका वडा नं-५ का बालकृष्ण अर्याल। उमेरले ७८ वर्ष लाग्दै गरेका अर्यालको पौरख धेरैका लागि प्रेरणादायी छ।

आफ्नो जीवनकालको ३८ वर्ष शिक्षण पेशामा बिताएका अर्याललाई यो माटो प्रति निकै लगाव छ । ३२ वर्ष भानु माध्यमिक विद्यालयको प्रधानाध्यापक भई रिटायर्ड उनलाई सबैले “हेडमास्टर” भनेर चिन्छन्।

तर उनको परिचय त्यतिले मात्रै पुग्दैन अचेल उनलाई “पौरखी हेडमास्टर” भनेर धेरैले सम्बोधन गर्छन् । अर्यालले गुल्मीको मुसिकोट नगरपालिका वडा नं- १ भ्रमचौरमा पश्चिम गुल्मीमै पहिलो पटक ड्रयागन खेती सुरुवात गरेका छन् । अर्यालले साढे २ वर्ष अघि सुरु गरेको खेती अहिले फल लाग्न थालेको छ।

सिंचाई
Forest
Ad.

“मैले केही अस्ट्रेलिया र केही काठमाण्डौबाट बिरुवा ल्याएर ड्रयागन खेतीलाई परिक्षणको रुपमा सुरु गरेको हुँ, अर्यालले भने- अहिले मेरो उद्धेश्य पुरा हुन थालेको छ फल लाग्न थालेको छ ।”

उनले १४ रोपनी क्षेत्रफलमा झण्डै १२ सय विरुवा लगाएका छन् । ३ सय पोल मध्ये एउटा पोलमा ४ वटा विरुवा रहेका छन् । बिरुवा र बोटको सपोर्टका लागि चाहिने पिल्लर निर्माण सहित अन्य विभिन्न लगानी गरेर झण्डै २० लाख लागत लागेको अर्यालले बताए । सबै बोटले फल दिएमा यो सिजनमा मात्रै ५ क्विन्टल उत्पादन हुने र जसबाट ५ लाख आम्दानी हुने अपेक्षा गरेको उनले बताए ।

आफुले आर्थिक समृद्धि हासिल गर्न भन्दा पनि समाजलाई सम्भावना खोजिदिएको उनले बताए । “मैले पैसा कमाउने उद्देश्यले  खेती सुरु गरेको हैन रोजगारी र अवसरमा भौँतारिने युवा पुस्ताका लागि यो पनि गर्न सकिन्छ है भन्ने उदाहरण दिन खोजेको हुँ,- उनले भने।

अर्यालका १ छोरा अस्ट्रेलिया र अर्का छोरा रोजगारीका लागि अमेरीकामा छन् । छोराहरुलाई विदेशबाट फर्काउने समेत आफ्नो उद्धेश्य रहेको अर्याल बताउँछन् । “यो खेतीलाई अझै विस्तार गर्दै लग्न सकेमा बर्षमा करोडौँ आम्दानी गर्न सकिन्छ उनले भने- विदेशमा रहेका छोरालाई समेत नेपाल फर्काएर यही खेतीमा लगाउने मेरो सोँच छ।”

Awareness by SKF

विरुवाको न्यूनतम आयु २० देखि २५ वर्षसम्म हुने उनको भनाइ छ । उनले ७-९ फिटमा रोपेका छन् । विरुवा र पिल्लरमा एकपल्ट लगानी गरेर फल दिन थालेपछि बर्षौँसम्म रोप्न नपर्ने केबल त्यसको स्याहार सुसार, गोडमेल र सिँचाई गरे पुग्ने भएकाले अन्य खेती भन्दा यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिने अर्यालको भनाई छ।

उत्पादन गर्न सकेमा बजारको समेत चिन्ता नहुने अर्यालको विश्वास छ । “यो फलफुल प्राय कम खेती गरिन्छ भने बजारमा पनि राम्रै माग छ, स्थानीय बजारमै खपत हुन्छ भन्ने मलाई विश्वास छ अर्याले भने।”

ड्रयागन फ्रुटको सुकेको फूललाई ‘ग्रिन टी’को रूपमा समेत प्रयोग गर्न सकिने र यसको बिरुवा पनि गुणकारी हुने विज्ञहरू बताउँछन्।

‘ड्रयागन फ्रुट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टिअक्सिडेन्ट युक्त यो फल नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउने गरेका छन् । विशेषज्ञहरूका अनुसार ड्रयागन फ्रुट विशेष गरी सुगर र कोलेस्ट्रोलका बिरामीहरूका लागि अति उपयुक्त मानिन्छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइने भएकोले सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ । यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरूलाई धेरै लाभदायक छ । त्यति मात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।

यो फलको सेवनले शरीरको तौललाई सन्तुलन राख्न मद्दत गर्छ । यसले मानिसलाई सधैँ जवान राख्न भूमिका खेल्ने र बुढो हुने प्रक्रिया पनि ढिलो गराउँछ । यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो