Smoking Causes Cancer

Awareness Campaign

रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरुको १९ औँ एपिसोडमा वाचन गरिने गजलहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

तिम्रो जित भएपछि म खुसी छु हारबाट
भयो नगर यार दुश्मनी अब तरबारबाट

गाउँमा भोकमरी बढ्न थालेको छ भन्छन्
खाद्यान्न चामल न आएपछि बजार बाट

ए सरकार तँ किन चुपचाप बसेको छस्
चेलिबेटी शिकार बन्दै छन् बलात्कार बाट

सिंचाई
Forest
Ad.

म खाडी आउन यसकारण बाध्य भएको हुँ
पसिनाको मुल्य नभेटिएपछि जमिन्दारबाट

चाडँवाडँ दशैँ तिहार मा घर जान नपाउँदा
परदेशीहरू रूदैछन् साउदी दुवै कतारबाट
– खेमराज धामी अविरल
अछाम, हाल: भारत

म सकिएको दिन मेरो जिन्दगानी सकिने छ
विचार गर्नु उमेरसँगै जोश जवानी सकिने छ।।

अरे यार तिमी कति तड्पिन्छौ उसैको यादमा
रुँदा रुँदा कुनै दिन आँशुको खानी सकिने छ।।

Awareness by SKF

प्रेमलाई मजाक बनाउने हरु राम्रोसँग बुझ्नु
धोका पाउँदा प्रेममा जानी नजानी सकिने छ।।

धन पैसाको आडमा गरिबलाई लात हान्नेहरु
सोच्नु पर्ने हो हिउँदमा इनारको पानी सकिने छ।।

सत्रुको अघि मुसुक्क मुस्कुराउन सिक्नुहोस
यसैले नै उसको अरु प्रतिको बेइमानी सकिने छ।।।।
– प्रदिप खतिवडा
खैरहनी-९, पिपरा, चितवन

जिन्दगी बुझ्न दुखको धारमा रेटिनु पर्छ।
मैनले उज्यालो छर्न जम्दैजम्दै सकिनु पर्छ।

झरिको बादलझै पानी बोकेका छन आँखा,
यिनले बिनामौसम लुकिलुकी बर्सिनु पर्छ।

म नाटककार हु! यो सहर नाटक घर हो,
यहाँआशु लुकाएर मन्द मुस्कानअर्पिनु पर्छ।

देखेर जोडी बाध्न के हतार गरु र यार म
अन्धकारले पनित पुर्णिामासम्म पर्खिनु पर्छ।

कहिले मेची गुमाए कहिले महाकाली गुमाए,
म नेपाल हु खोक्रो राजनीतिमा बेचिनु पर्छ।
– शिवु

गाउँमा खरको छानो भएको घर सम्झिन्छु ।
आफैले टेकेको यो बिरानो नगर सम्झिन्छु ।

कानुनले सम्मान हो भन्छ भन्त सबै यहाँ
तर पनि त्यो नागरिकताको थर सम्झिन्छु ।

अचम्म लाग्छ कतै मन्दिर कतै मस्जित छन्
अनि के छ भगवान बीच अन्तर सम्झिन्छु ।

मलाई खाडी छोडी उनी सँगै हुन मन छ
फेरी एक मनले छोरीको रहर सम्झिन्छु ।

अरे भन्नेले भन्छन होला बिर्सियो भनेर
म भने बचपनको साथी अक्सर सम्झिन्छु ।
– मगर मस्त
मुसीकोट नगरपालिका-८, रुकुम पश्चिम

खुशी छोडि आएपछि याद आउँछ भन्न मन लाग्छ
तिम्रो यादले कति चोटी सतायो गन्न मन लाग्छ

सगैं हुदा कति ईच्छा आकांक्षा मनै भित्र दबाएर
नाजुक अबस्थामा अन्जान रात बन्न मन लाक्छ

तिमीले गरेका नबिर्सने पलहरु सम्झनामा आउँदा
आशा भरोसाको फुलबारीमा फुल्न टन्न मन लाग्छ

सधैं उज्यालो होस् बा अँध्यारो मनमा शान्ति खाली
दुइदिनको चोला आजित भएपनि प्रसन्न मन लाग्छ

दुःखै दुःखले सधैं पछ्याएर कहिल्यै नछोडे पनि
आफू एक्लो चिसो पानी हुदा सम्पन्न मन लाग्छ
– अम्विका अधिकारी
झापा विर्तामोड

नहोस् ती आँखामा आँशुका भल बरू
प्रिया मलाई दुःख होस् पलपल बरू

तिम्रो जिन्दगी बाट म पागल टाढिन्छु
फेरी म जस्तैः नआओस पागल बरू

आफूले किन आफूलाई जलाउँछौ प्रेम
आउँ मिलेर खोजौ समस्याको हल बरू

तिमीले त हराएर गयौं प्रिया !मलाई
तिम्रै अघि भएर देखाउँछु सफल बरू

दुध डेरी त चल्दै नचल्ने रहेछ सहरमा
खोलौ कि क्या हो भट्टि पसल बरू
– उमेश विश्वकर्मा सागर
नरहरिनाथ गाउँपालिका, कालिकोट

प्रेमी एउटा हुन्छ साथी, हजार नबनाउनु
आफुले आफैँलाई नै तरबार नबनाउनु ।

आजकल गुलाफ दिई माया अन्तै सार्छन रे
गुलाफलाई धेरै सस्तो, उपहार नबनाउनु ।।

संसार जिती सागर नै पुगौँ, हुन्छ सबैलाई
आफू बगी पनि अरूलाई, किनार नबनाउनु ।

बचनले काट्दा नि, पहिले सहन्थ्यो धेरै नै
सहने सबैलाई,कहिल्यै चोभार नबनाउनु ।।

तिमी हार भन्दिन म, जित्दै जाउ सधैँ यसरी
आफ्नो जितलाई ’प्रवीण“को, सार नबनाउनु ।
– प्रवीण नेपाल
सिन्धुपाल्चोक

उम्काऊ यो छातिबाट खत तिम्रो
तिमीलाई दान गर्दैछु राहत तिम्रो

मैले आँसु बगाएर फाइदा भएन
बगाएर के गरुँ नसामा रगत तिम्रो

चाहिँदैन चितालाई फूल उपहार
फिर्ता लगेर जाऊ नफरत तिम्रो

तिमी सुन्दर हुनुमा घमण्ड गर्छौ
थाहा छ दुनियाँलाई हैसियत तिम्रो

नहुँदा सम्म तिमी निर्दोषको मान्छे
भो चाहिँदैन मलाई मदत तिम्रो
– राजेश क्षेत्री
सुदुरपश्चिम दार्चुला

पर्दैन निद्रा रातमा आँसुले भिजेको छ सिरानी।
बर्सौदेखि घटना घटेर बनेको छ एउटा कहानी।

आशै आशमा बाँचेको तर भेट्न आएन कोही
एक्लो जीवन भएर होला सुक्दै गएको परानी।

दिन महिना साल झैं उमेर सकिदै छ मान्छेको
सोच्दा पनि फर्किदैन हातबाट निक्लेको जवानी।

बाँच्नलाई सजिलो छैन अनेक गर्नुपर्ने भयो
छोरा छोरी भन्दाभन्दै सकिने भो जिन्दगानी

कहिले सुख कहिले दुःख चलि रहन्छन् यहाँ
मान्छे मरेपछि सबै भएको मेटिन्छ निशानी
– नवराज भट्ट
कञ्चनपुर

बज्दैन हेरेर ताली तिम्रो
खोल्दैन थापेर जाली तिम्रो

टिप्दै बसेको बगैंचामा फल
फ्याकेर आएन माली तिम्रो

पीडा छ सारा लिएर हिँडेमा
बोलेर पाएन खाली तिम्रो

नानाथरी किन्छ होला उसले
उपहार ल्याएन काली तिम्रो

सुप्रसिद्ध धेरै छ अर्घाखाँची
देऊ पर सुपा त राली तिम्रो।
– डिल्ली राज घिमिरे
भूमिकास्थान-९, अर्घाखाँची

प्राण सम्झी देहमा च्यापेर राख्थेँ टाढिए।
गाँस बासै छैन आफ्नो देह सम्झेँ टाढिए।

झन् त उसकै लागि संसारै भुलेँ मैले यहाँ ,
प्यार मेरै हो भनी झ्याली नि पिटेँ टाढिए,

हार बेहोर्नै रहेछन् भाग्यमा के भन्नू र,
फूल छोडी पात काँडा भार रोजेँ टाढिए,

गाँस काटी पेट् भराएँ खै त माया सम्झना,
भोलि प्यारो हुन्छ होला यत्ति सोचेँ टाढिए,

हिड्न गाह्रो हुन्छ होला प्यार उम्रीयो यहाँ
दानको लागि आफ्नै पाउ काटेँ टाढिए।
– भुपेन्द्र राना मगर
धादिङ

गरुङ्गो छ भारी विसाएर हेर
नछाड्ने गरी अब समाएर हेर

खुसीले चुमेको छ हाम्रो बिहानी
सधैंभर खुसीमा सजाएर हेर

गरेको छु आशा तिमीसाथ बाँच्ने
सबैमाझ आफ्नो बनाएर हेर

जवानी तिमीमै समर्पण गरेछु
गरी आँट साँच्चै भगाएर हेर

कहाँ हुन्छ धेरै बहाना बनाई
भिजाएँ सिरानी सुकाएर हेर
– तारा घिमिरे
संखुवासभा

बाउ जसो अनपढ भएनि पछि बाउ नै भयो
छोराछोरी पढेर किन यति बिकाउ नै भयो

सायद मुखमा सरकारी माँड नै लागेछ ठुलेको
जो लोकसेवामा सधै आउ खाउ नै भयो

कति मेहनतको भरमा डिग्री थमाएकाहरु आज
खाडीमा त्यै खोस्टो लिदै उ ऊँट चराउनै भयो

हामी बिदेशी सयौं युवा अब एउटै नारा बोलौ जो
किन रेमिटेन्सले मात्रै नेपाल देश चलाउ नै भयो।

बिगतका चुनावमा म मेरै भोटलाई धिक्कार्छौ कि
एक भोटको सत्ताले आज भत्ता पचाउ नै भयो
– हिमेश बिक अतित
मेल्लेख-६, अछाम

जीवन यात्रा प्रारम्भ गरिन्छ सफरका लागि ।
हुँदैन कहिल्यै बाटो बन्द ,अवसरका लागि ।

म आफू परदेशमा बेचिन बाध्य भएको हुँ ,
मेरो पसिना परिवारको लागि, घरका लागि ।

भारी वर्षा पछि तुफान,भलवाढी आउँदैछ,
ढुङ्गा मुडा उपहार ल्याउँला, बगरका लागि ।

छहारी नपुगेर हो या त , माया नपुगेर हो ,
पिपलको साथ मिली रहेकोछ बरका लागि ।

मानिसको जात एउटै हो , रगत एउटै हो ,
सानो ठुलो विभेद हटाऔँ,नामथरका लागि ।
– सूर्य गिरी
माछापुच्छ्रे-५, रिभान, कास्की

ईश्वर भगवान नै बा आमा देखेँ।
छरिएकोछ आस्था ढुङ्गामा देखेँ।

विडम्बना डाहा र इर्ष्या गर्नेहरु,
हे मेरी आमा यो जमानामा देखेँ।

हुन्छ अर्कोसँग एउटाको दुश्मनी,
कस्ले जित्ला?प्रतिस्पर्धामा देखेँ।

एउटा बेग्लै दुनियाँ त्यो मभित्र छ,
एक नजर सपना आँखामा देखेँ।

पुग्ने छैन पर म अर्को सफरमा,
तिम्रो विश्वास मैले ममतामा देखेँ।

म मेरो आफ्नै संसारमा हराएछु,
दुनियाँ हजारौं छन् पर्दामा देखेँ।

सच्चा मनले अथक सङ्घर्ष गर्ने,
मेरा बा आमा रातो झण्डामा देखेँ।
– गजल सहयात्री अल्का
धनकुटा, नेपाल

नबद्लिए हामी यस्तै, हालमै भेटौला
यहीँ मुस्कान खुसिकै,छालमै भेटौला

खाडीमा पसिना पुछ्न उपहार दिएको
आमा तिम्रो माया तेइ, रुमालमै भेटौला

यसपालिको तिहारमा यस्तै भयो प्यारे
साहुले छुट्टी दिए अर्को, सालमै भेटौला

कत्ती माया घट्ने छैन बालापनका साथी
मेरो दुख घटे पुरानै माया,जालमै भेटौला

यस्तैछ केगर्नु भाग्यले परदेशि बनायो प्रीय
फेरि बाचेर फर्किए हामि नेपालमै भेटौला ।।
– विनोद बोहोरा
बझाङ बुङ्गल

काख् को छोरो टाडियो, बुहारी आएपछि
स्वर्ग जस्तो घर भाडियो , बुहारी आएपछि।

तिलको दाना फोरीयो मासको दाना घोटियो
पिँढिमा किला गाडियो, बुहारि आएपछि ।

कति हराभरा हुन्थ्य ञ्ति खेत अनि बारीहरु
खेल्ने मैदान् झैँ फाडियो, बुहारि आएपछि ।

पेवा भनि लगायका कानका माडबारि
तान तुन गरि बाडियो, बुहारि आएपछि ।

बल छौन्जेल हड्डि घोटियो त्यहि घरका लागी
बुढेसकालमा घरै छाडियो, बुहारि आएपछि ।
– अनुपम बम ठकुरी
(सुदुर पश्चिम् डोटि)

उन्कै बियोगमा खुसीयाली मनाउँदै छुअचेल!
मदिरा नै जिवनको साथीबनाउँदै छु अचेल !!

सबैले भन्छन् मेरा लागि विष पनि अम्रित भो !
लठ्ठाउने मताउने झोल सँगै गनाउदै छु अचेल !!

जति पिउदै गयो उति झल्को निष्ठुरी को !
खाटो बसि सक्या घाउ कनाउदै छु अचेल

हिड्छु अरे लरबराउदै उन्कै नाम बरबराउदै !
सायद जड्या भन्ने जात जनाउदै छु अचेल ! !

हो मनमा आगो लागेसी के को प्रवाह तनको !
आफ्नो चिहान आँफैद्वारा खनाउदै छु अचेल!!
– लाल सिंह
नवलपुर, नवलपरासी

लहडमै मायाको पाठ घोकेजस्तै लाग्यो
आफ्नै मुटु बारूलाले टोकेजस्तै लाग्यो ।

मायारूपी तिर्सनाले सताएर कठै
बिनानाता अभिभारा बोकेजस्तै लाग्यो ।

जिन्दगीमा यही बाटो बिराएछु हरे
आकाशको फल रुँघ्ने ढोकेजस्तै लाग्यो ।

सम्पत्तिले माया को’नि तोक्दो रै’छ मूल्य
तिमीले नि त्यही मूल्य तोकेजस्तै लाग्यो ।

पिरतिको पहिलो गाँसमै ढुङ्गा पर्यो बरै
अनायासै आफ्नै भाग्य रोकेजस्तै लाग्यो ।

निष्ठुरी भै भाँचीदिँदा मनको मुनालाई
आफ्नै निधार पहरोमा ठोकेजस्तै लाग्यो ।
– घनबहादुर थापा
अर्जुनचौपारी गाउँपालिका-६, स्याङ्जा
हालः टोखा नगरपालिका–८, काठमाडौं

धन्न उनलाई यो मन, मस्तिष्कले सजाएको छैन
पराइ हुँदा पनि त आज यादले मुटु खाएको छैन।।

बरु खुसी हुँदा आँसु झार्नेहरु भेटिएका छन् यहाँ
महोदय दुखी हुँदा कोहि पनि मुस्कुराएको छैन।।

उसले भगवान भेटेर आको भन्दा अचम्म लाग्यो
मैले आज सम्म आफुले आफुलाइ भेट्टाएको छैन।।

आमा उपचार गर्न जानू पर्छ हरेस नखानुन यसरी
बाबू गरिब उपचार गर्ने अस्पताल बनाएको छैन।।

प्रेम गर्नेलाई प्रेमिल गित आएन भनेर के पिर गर्नु
यहाँ राष्ट्र चलाउनेलाई त राष्ट्रिय गित आएको छैन।।
– उमेश खत्री
केपिलास गढी गा.पा ४ बाक्सिला खोटाङ

यी गजलहरु शनिबार राति ९ः१५ देखि १० बजे सम्म प्रसारण हुने एक मात्र रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरुमा वाचन गरिने छ। रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरु तपाईले विभिन्न रेडियो स्टेसनबाट सुन्न सक्नु हुनेछ, सुन्दै आउनु भएको छ।

दामन एफएम ९०.८ मेगाहर्ज, नयाँगाउँबाट, रेडियो रामेछाप ९५.८ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट, रेडियो भरोसा, हेटौडाबाट बिट्स एफएम ९७.७ मेगाहर्ज सिन्धुलीबाट, रेडियो पालुङ्ग १०७.२ मेगाहज, पालुङ्गबाट, रेडियो तिफदी ९९.१ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट र दुधौली एफएम ९७.२ मेगाहज, सिन्धुलीबाट एकै साथ प्रसारण हुनेछ।

तपाईंले यस कार्यक्रम हरेक हप्ताको शनिबार रातको ९ः१५ देखि १० बजेसम्म विभिन्न रेडियो स्टेशनबाट रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरु सुन्न सक्नुहुनेछ।

ओझेलका खबर डटकम यस कार्यक्रमको मिडिया पार्टनर रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो