सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका नगरसभाको चौँधौँ अधिवेशनको दोश्रो बैठक सम्पन्न भएको छ। चौँधोँ अधिवेशनको पहिलो बैठकबाट आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत संगै पारित गरेको नगरपालिकाले बिहिवार नगरसभाको दोश्रो बैठकबाट आर्थिक वर्ष २०८०/८१ का लागि राजश्व र आय व्ययको अनुमान (बजेट) संसोधन सहित पारित गरेको छ।
नगरप्रमुख जीवन खरेलले निणर्यार्थ सभामा पेस गरेको विधेयक बहुमतले पारित भएको हो । त्यस्तै बिहिवारको कार्यसुची बमोजिम नगरसभामा नगरप्रमुख खरेलले प्रस्तुत गर्नुभएको मुसिकोट नगरपालिकाको विनियोजन विधेयक २०८०, मुसिकोट नगरपालिकाको आर्थिक विधेयक २०८०, मुसिकोट नगरपालिकाको शिक्षा ऐन २०७४ लाई तेश्रो संसोधन गर्न बनेको विधेयक , फोहारमैला व्यवस्थापन विधेयक २०८०, नियमित गर्नुपर्ने बेरुजु सम्परिक्षण सम्बन्धी प्रस्ताव पारित पारित भएको छ ।
सभामा पेश भएको समाज कल्याण तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८० प्रयाप्त छलफल र आवश्यक विषयहरु थपघट गरी कार्यपालिकामा समेत छलफल गर्ने र अर्को नगरसभाबाट पारित गर्ने निणर्य भएको छ । नगरसभामा नगरउपप्रमुख गगां श्रेष्ठले न्यायिक समितिको बार्षिक प्रतिवेदन पेश गर्नुभएकोमा सर्वसम्मत पारित भएको छ।
यो पनि: मुसिकोट नगरपालिकाको बजेट ६६ करोड ५७ लाख (पूर्णपाठ सहित)
कार्यक्रममा बोल्दै सभा सदस्य एवम् मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले करको दर बढ्ने तर दायरा नबढ्ने भएकाले राजश्व संकलनमा विषयमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले नगरसभामा प्रस्तुत हुने विभिन्न विधेयकहरु माथि सबैले दफादार रुपमा छलफल गरेर आएका सुझावहरुलाई सम्बोधन गरेर मात्रै अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले सभा सदस्यहरुका आवश्यकता र मागलाई समेत सम्बोधन हुने गरी शुन्य समय अर्थात विशेष समयको व्यवस्था गरी थप बोल्ने समय राख्न आग्रह गर्नुभयो।
सभा सदस्य एवम् वडा नं २ का वडासदस्य देव बहादुर रायमाझीले शिक्षकहरुलाई राजनीति भन्दा टाढा राख्नुपर्ने भन्दै शिक्षा ऐनमा भएका कार्यहरुलाई व्यवहारत कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
नगरसभामा वडा नं ९ वडा सदस्य मनरुपा सापकोटाले उपभोक्ता समिति मार्फत हुने साना योजनाको भुक्तानी वडा कार्यालयबाटै हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
नगरसभा अध्यक्ष एवम् नगरप्रमुख जीवन खरेलले नीति, कार्यक्रम तथा बजेट र प्रस्तुत गरिएको विधेयकहरुमा अध्ययन गर्ने प्रसस्त समय प्रदान गरिएको भन्दै संसोधन गर्नुपर्ने र छुटपुट भएका विषहरुलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |