Smoking Causes Cancer

ढोरपाटनमा ढुंगाले हानेर एक व्यक्तिको हत्या



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

ढोरपाटन: बागलुङको ढोरपाटनमा ढुंगाले हानेर एक व्यक्तिको हत्या गरिएको छ। ढोरपाटन नगरपालिका-६, छ्यान्तुङका ५० बर्षिय सत बहादुर बि.क.को हत्या गरिएको अवस्थामा बारिमा शव फेला परेको थियो।

शुक्रबार बिहान बारीमा सत बहादुरको शव देखेपछि स्थानीयले प्रह्रीलाई खवर गरेका थिए घटनामा सँलग्न रहेको आसंकामा प्रहरीले मृतकका भाई स्थानीय मन बहादुर बि.क लाई प्रकाउ गरि थप अनुसन्धानका निम्ती जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

मृततको टाउको र अनुहारमा चोट रहेको पाइएको हो ढुँगा प्रहार गरि हत्या गरिएको हुन सक्ने भएपनी थप अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई छ।

सिंचाई
Forest
Ad.

टाउकोमा गम्भिर चोट देखिएका कारण ढुँगाले हानेर हत्या गरिएको हुन सक्ने स्थानीयको भनाई छ । बागलुङको पश्चिम क्षेत्रमा सामान्य मनमुटाव, झै–झगा जस्ता गतिविधीका कारण हत्याका घटना बद्दो क्रममा रहँदै आएको छ। -सांकेतिक तस्वीर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया