ओझेलका खबर डटकम, गुल्मी: लियो क्लब अफ गुल्मी सालिमे, मुसिकोट गुल्मीले प्रथम साधारण सभा र गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते मुसिकोट नगरपालिका-७, पल्टारमा अन्तर विद्यालय स्तरीय क्यारिकेचर र खुल्ला रेकर्ड डान्स प्रतियोगिताको आयोजना गर्ने बताएको छ।
क्यारिकेचर प्रतियोगितामा प्रथम हुनेले रु. पाँच हजार र प्रमाणपत्र, दोस्रो हुनेले रु. तीन हजार र तृतीय हुने प्रतियोगीले रु. पन्ध्र सय र प्रमाणपत्र पाउनेछन्। त्यसैगरी खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई क्रमशः रु. ३ हजार र प्रमाणपत्र, रु. २ हजार र प्रमाणपत्र र रु. १ हजार र प्रमाणपत्र प्रदान गरिनेछ।
यो पनि हेर्नुहोस्: सडक दुर्घटना न्यूनिकरण गर्न लियो क्लव अफ गुल्मी सालिमेले राख्यो सडक ऐना
क्यारिकेचर प्रतियोगितामा सहभागी हुने विद्यार्थी आफ्नो विद्यालयको पोसाकमा हुनुपर्ने बताइएको छ। क्यारिकेचर र रेकर्ड डान्स प्रतियोगितामा सहभागी हुन क्रमशः रु. ५००/- र रु. ४००/- प्रवेश शुल्क लाग्ने बताइएको छ।
यो पनि हेर्नुहोस्: लियो क्लब अफ गुल्मी सालिमेले सुरु गर्यो न्यानो लुगा संकलन तथा वितरण अभियान
क्लबले स्थापनाको छोटो समयमै थुप्रै सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ। केही समयअघि मुसिकोट नगरपालिकाका बजार क्षेत्रमा सडक ऐना राख्ने, ट्राफिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने र न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेको थियो।
विद्यार्थी भाईबहिनीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष पुजन सापकोटाले बताउनुभयो। आगामी दिनहरुमा पनि सामाजिक कार्यमा सक्रिय रहने क्लबका जनसम्पर्क अधिकृत विवेक काफ्लेले ओझेलका खबर डटकम संगको कुराकानीमा बताउनु भयो।
ओझेलका खबर डटकम, नव खबर डटकम र सालिक खत्री क्रियसन्स यस प्रतियोगिताका मिडिया पार्टनर रहेका छन्।
प्रतियोगिताका बारेमा विस्तृत जानकारीका लागि निम्न भिडियो हेर्नुहोस्:
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










