Smoking Causes Cancer

Awareness Campaign

‘आमा’ विशेष दस टुक्का कविताहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

– शिव कुमार रेग्मी

(१)
माया-ममताको ठूलो खानी हुन आमा
आमाको पछिल्लो दर्जा हुनुहुन्छ मामा।

(२)
पहिलो गुरूको रूपमा हुनुहुन्छ आमा
काँधमा राखेर नै बाटो देखाउने मामा।

सिंचाई
Forest
Ad.

(३)
आफु भोकै बसेर खाना खिलाउनुहुन्छ
चाडै सुतोस् भनेर झुला हिलाउनुहुन्छ।

(४)
दुखी हुदा कुनामा लुकी एक्लै रूनुहुन्छ
सुटुक्क बाहिर निस्किई मुख धुनुहुन्छ।

(५)
अचम्मको हुन्छ है आमाहरूको संसार
कहिल्यै नरित्तिने रैछन् मायाको धंसार।

(६)
आमाको आशिषले जीवन सभ्य पाईन्छ
सारा जन्ममा आमाको गुणगान गाईन्छ।

Awareness by SKF

(७)
सभ्य संकार नै हामीलाई पढाउनुहुन्छ
आशिष,हौसला दिदै अघि बढाउनुहुन्छ।

(८)
आमाको आशिर्वाद मान्दछु पुर्ण निकास
आशिर्वाद कै कारण हुन्छ हाम्रो विकास।

(९)
आज साह्रै आमा र मामाको याद आयो
किन होला आज सारा चित्रहरू छायो?

(१०)
आमा-मामालाई भित्री मनले प्रणाम गर्दछु
इश्वरिय रूपका आमा-मामाको गुण छर्दछु।

पोखराथोक, पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया