Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा संकलित मुक्तककारहरुको मुक्तकहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा संकलित केही मुक्तककारहरुका मुक्तकहरू यहाँ प्रस्तुत गरिएको छ:

पीडा सम्झि घरि घरि रुने मन लाग्छ
एम राजको नजिक हुने मन लाग्छ
जिन्दगी पनि वाक्कै दिक्कै भैसक्यो
बिजुलीको नाङ्गो तार छुने मन लाग्छ
– दलबहादुर नेपाली
जुम्ला

किन तिम्लाई घमण्ड र अहंकार को फरिया ले बेरे छ।
हिजो भन्दा पनि आज तिम्रो बोल्ने सहेली निकै फेरे छ।
म सोचि रहन्थे तिम्रो पनि कुनै आफ्नै बाध्यता हरु होलान्
फेरि सुनें आजकाल तिम्लाई जरा बिनाको लहराले घेरे छ।
– खेङ्योङ्ग सुर्जित
पश्चिम सिक्किम

सिंचाई
Forest
Ad.

शहरमा अचेल , छापावालको चर्चा छ
र उसै गरी त्यहाँ , नाफावालको चर्चा छ
साथै चर्चा छ , गृह र गृहणीको पनि
गर्जन गर्न सिंह , झापावालको चर्चा छ
नागेन्द्रप्रसाद यादव
गढवा, दाङ

के सँगै जिउने मर्ने बाचा गर्छौ र
साथ दिन्छु सधैं मेरै भर पर्छौ र
खाली छन् जिन्दगीका पानाहरु
के तिमी प्रेमले ती पाना भर्छौ र??
– प्रदिप खतिवडा
खैरहनी-९, पिपरा, चितवन

निरिह बनि छोरिको अस्मिता लुटिएको हेर्नू कसरि?
बलात्कार र हत्याहिम्सा जताततै खुशिको स्वास फेर्नु कसरि?
दोषि लुकाउने निर्दोष फसाउने मेरो सरकार लाई के उपम दिउ!
लिपुलेख नालपानी हाम्रो हैन भनि दस्दाबेज केर्नु कसरि?
– महिमा खत्री ‘आकृति’
बा.न.पा.-८, सल्यान
हाल: कोहलपुर बाँके

उज्यालो भएको छ जीवन नसोध के बल्छ ?
तिमी तेल बन्छौ अनि मनको दिपक जल्छ ।
खै के भएको छ मलाई तिमीलाई भेटे देखि ?
तिमी स्वास लिन्छौं अनि मेरो धड्कन चल्छ ।
– मोहन महतो कोईरी

Awareness by SKF

अनगिन्ति भ्रष्टहरु यहि छ जलाउनु पर्छ अब
युवा शक्ति जागेर यो देश चलाउनु पर्छ अब
लुछा लुछ र तानातान धेरै भयो राजनितिमा
पुरानो राज्य सत्ता हामिले ढलाउनु पर्छ अब
– नवीन लिम्बू
पाँचथर

सँगै गाउँ जाने भन्छ्यौ , घुमाउने घर लिप्नुपर्छ
त्यती मात्र कहाँ हो र ! डल्ले कोदो टिप्नु पर्छ
कुरा काट्ने हुन सक्छन् सानु तिम्ले नडराई
यै मुटुको धड्कन् भित्र , रानी बन्दै छिप्नु पर्छ ।
– छविलाल आचार्य
पोखरा-१६

कहिले नदुख्ने यो मन जोडी बनौला्
अरुले सोचे भन्दा झन जोडी बनौला्
इतिहासमै लेखियोस् हामी दुईको माया
तिमी~ मुना~ म ~ मदन जोडी बनौला्
– प्रकाश महरा मुक्तकप्रेमी
सुर्नया-४, बैतडी

हाकिमले आफु नेता सम्झिन्छ पिउनले हाकिम सम्झिन्छन्
गाउँका ठुला ठालुले न्यायलयको जज्मुजरिम सम्झिन्छन्
जनता प्रेमी र देश प्रेमीले निश्वार्थ रूपमा अावाज उठाउदा
देश बेच्नेहरुले आफुलाई महाभारतको भिम सम्झिन्छन्
– जगत रावल
पुल्लेतोला-७, अछाम

कालो घुम्टो ओढाउँदा खेरि मुस्कुराई दिउँला
फाँसीको अन्तिम घडीमा फेरि मुस्कुराई दिउँला
आफ्नै ठानी तिम्रो खुशीमा जीवन चढाउँदा पनि
तिम्रो ओठको मुस्कान हेरी मुस्कुराई दिउँला
– अमर अमृत घरडी

तिम्रो मेरो एक तस्बिर पत्रिकामा छाप्न आऊ
खुसीको आँसु झर्यो रपो त्यो हात थाप्न आऊ
जीवन सोचे जस्तो हुँदैछ हो विश्वास बढ्दैछ
डाक्टर बनेर मुटु धड्कनको गति नाप्न आऊ
– टेकेन्द्र क्षेत्री प्रकृति
सुदुर_पश्चिम_नेपाल

समय समयमा असली औकात,देख्न सकिन्छ
जूनको पनि औसीको रात ,देख्न सकिन्छ
यहाँ छोडिने भन्दा छोड्नेहरु सकिने गर्छन्
उदाहरण हाँगाबाट छुटेको पात,देख्न सकिन्छ
– पिडाको राजा रिदन
सुनिल स्मृति गाउँपालिका, अरेश, रोल्पा

तिमीले दिएका हरेक चोटहरु बिर्सिन सकिनँ
र ति आला घाउका खोटहरु बिर्सिन सकिनँ
साथी सम्झेको थिएँ आज बदनाम बनायो ।
तिमीलाई उब्जाउने बोटहरु बिर्सिन सकिनँ
– सञ्जीवराज जोशी विवस
गुलरिया, कञ्चनपुर

टेकेर जीवनका हरेक दुःखको दासोमा फसेको छु
विश्वास गर्नु कसैको पछाडिबाट पासोमा फसेको छु
समयसँग मीत लगाउन सकिएन भने पीरैपीर हुने
अन्जान बाटो नरोज्नु कहिले चासोमा फसेको छु
– अम्विका अधिकारी
झापा विर्तामोड

गर्ने रहेछ खुब मनपरि घोच्ने रहेछ
मुटुनै बेस्सरी दुख्ने गरी घोच्ने रहेछ
कोमल फूल सम्झेर मुटुमा सजाएँ
फूलले पनि त ,घरीघरी घोच्ने रहेछ
– सुनिल बुढामगर
पूर्वी रुकुम

पीडा सम्झि घरि घरि रुने मन लाग्छ
एम राजको नजिकै हुने मन लाग्छ
जीन्दगी पनि वाक्कै दिक्कै भईसक्यो
बिजुलीको नाङ्गो तार छुने मन लाग्छ
– दलबहादुर नेपाली
जुम्ला

दिलमा आगो फुकेर खबर साेध्छन् मित्रहरू
खुट्टा तान्नु अगाडि रहर साेध्छन् मित्रहरू
प्रगति लटरम्म फलेकाे देख्न नसकेपछि
बदनाम गर्न गाउँ घर साेध्छन् मित्रहरु ।
– चित्रमान तामाङ
संखुवासभा, हाल: काठमाडौं

अब आफ्नो बानी सुधार गर चरीत्र खिच्दैन
यहाँ भए बमोजिमका वरपर चरीत्र खिच्दैन
त्यो रुप रङ र सुन्दरताको के घमण्ड गर्छौ
क्यामराले फोटो खिच्ला तर चरीत्र खिच्दैन
– रुकुम पश्चिम्

के छ भन्छन् सबैलाई मुसुक्क हाँस्दै ठिक्छ भनेको छु
झुटै भए नी मुस्कान बजारमा राम्रै बिक्छ भनेको छु
प्रिय मान्छे तिमीले बाचा कसम कहिल्यै नतोड्नु है
दुनियाँलाई हाम्रो माया प्रेम सयौ वर्ष टिक्छ भनेको छु
– सुमन धमला
सिद्धिचरण नगरपालिका-१०, ओखलढुङ्गा

पीडा सम्झि घरि घरि रुने मन लाग्छ
एम राजको नजिक हुने मन लाग्छ
जिन्दगी पनि वाक्कै दिक्कै भैसक्यो
बिजुलीको नाङ्गो तार छुने मन लाग्छ
– दलबहादुर नेपाली
जुम्ला

चिनेर औकात उसको दुनियाँले थुक्नुपर्छ भने
रित्याएर देशको ढुकुटी सबैसँग झुक्नुपर्छ भने
सिँह झैँ सदनमा गर्जनुकाे के अर्थ रह्याे र अब
नकाबधारी बनेर जनतासामु लुक्नुपर्छ भने
– कल्पना अधिकारी भण्डारी
भरतपुर, चितवन

मिठा पलहरू बिजुली सरी झुलुक्क उम्कि जान्छ,
प्रेमिल नजरहरु आउँछ पुलुक्क उम्कि जान्छ ,
पार्न सकिन्न पासोमा रहन्छ केवल यादहरु,
हेर्दा हेर्दै जीवन कुनै दिन सुलुक्क उम्कि जान्छ ।
– रामप्रसाद पुरी
बादेल, खोटाङ

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया