सागर भण्डारी, गुल्मी: क्यान्सर रोगबाट ग्रसित भई उपचाररत मुसिकोट नगरपालिकाका भलिबल खेलाडी विनोद वि.क.को उपचारका लागि समाजसेवी महेन्द्र अधिकारीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
घाँटीको क्यान्सर पुष्टी भई हाल वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत मुसिकोट नगरपालिका वडा नं ५ का बि.कको उपचार सहयोगका लागि सञ्चालित अभियानमा अधिकारीले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
यो पनि: गुल्मीको मुसिकोटका भलिबल खेलाडी विनोदलाई क्यान्सर, सहयोगका लागि अपिल
मुसिकोट नगरपालिका वडा न ५ आपचौर निवासी हाल जापानमा कार्यरत , गुल्मेली समाज जापानका अध्यक्ष ,आँपचौर सेवा समिती जापानका निवर्तमान अध्यक्ष एवम् युवा समाजेवी अधिकारीले उक्त सहयोग रकम पठाउनुभएको हो।
घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा ठुलो खर्च लाग्ने भएपछि अहिले विभिन्न व्यक्तिहरुले उहाँको सहयोगार्थ सहयोग सकंलन अभियान सञ्चालन गरिरहेका छन्।
खेलाडी बिनोदलाई बचाउने अभियानमा हालसम्म झण्डै २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग सकंलन भएको मुसिकोट नगरपालिकाका नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो । अझै पनि आफुले सक्दो सहयोग गरि बिनोद बि.क बचाउँ अभियानमा सहभागी भई जीवन रक्षा गर्न उहाँले सबैसंग अनुरोध समेत गर्नुभएको छ।
थप सहयोगीहरु:

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










