Salime Malika Krishi Farm

Awareness Campaign

कक्षा ९ काे परीक्षा दिएर ८ कक्षामा पुगे खड्ग बहादुर डाँगी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: दाङ बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का खड्गबहादुर डाँगी मावी भेडाबारी, मुलाबारीबाट २०७५ मा ८ कक्षामा २ दशमलव ३१ जिपिएमा ल्याएर पास भएका थिए। साेही वर्ष उनि रोजगारीका लागि भारत गएर ३ बर्ष सम्म भारतमा रोजगार गरेर फर्केका उनले फेरी अध्ययनलाई निरन्तरता दिए। उनी २०७९ मा कक्षा ९ मा भर्ना भए।

‘२०७५ सालमा ८ कक्षा पास गरेको मार्कसिट र सर्टिफिकेटकै आधारमा उनी ९ कक्षामा भर्ना हुनुपर्ने हाे तर उनलाइ ८ कक्षा मै भर्ना गरीएकाे छ । मावि भेडाबारी मुलाबारीमा गत शैक्षिक सत्रमा ९ कक्षामा भर्ना भएका उनलाइ पुन ८ कक्षामै भर्ना गरीएकाे हाे।

विद्यालयले उनलाई ८ कक्षामा गणित विषयको नतिजा कमजोर रहेका कारण रजिष्ट्रेशन फारम भर्न गर्न नसकिएको बताएकाे छ । अनिवार्य गणितमा डि प्लस ग्रेड आउनु पर्ने हो, तर उनको इ मात्रै आयो,’ विद्यालयका प्रधानाध्यापक खगराज लम्सालले भने ‘गणित विषयमा इ आएका कारण उनले एसईईको रजिष्ट्रेशन फारम भर्न नपाउने भए अनि रिजल्ट रोकियो’।

सिंचाई
Forest
Ad.

तर यसमा विद्यालयको चरम लापरवाही प्रष्ट हुन्छ। उसले ९ कक्षामा विद्यार्थी भर्ना गर्दा यो नियमलाई किन ख्याल गरेन? भन्ने प्रश्न विद्यालय माथी उब्जिएको छ । राष्ट्रिय परिक्षा बोर्डले एसईई रजिष्ट्रेशन फारमका लागि जारी गरेको निर्देशिका यो विद्यालयले अध्ययन नै गरेन। फलतः उनलाई ९ कक्षामा भर्ना गरिदियो, र परिक्षामा सहभागी समेत बनायो।

‘मैले ति विद्यार्थी माथी व्यक्तिगत रिसिईवी साँधेको हैन,’ प्रधानाध्यापक लम्साल भन्छन् ‘त्यो बेला नियम ख्यालै गरिएन’ । यता विद्यार्थी डाँगीले भने एक बर्ष सम्मको आफ्नो समय खेर गएको भन्दै यसमा बिद्यालयको दोष रहेको बताउँछन्।

यता विद्यालयको कमजोरीका कारण विद्यार्थीको भविष्य माथि खेलवाड गर्न खोजिएको भन्दै नेपाल विद्यार्थी संघले यो घटना प्रति चासो राखेको छ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले यो घटनाको छानवीन गरी विद्यार्थीलाई अध्ययनको सहज वातावरण निर्माणका लागि पहल गर्न गाउँपालकाको शिक्षा शाखालाई आग्रह गरेका छन्। -लाइका खबर

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया