Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिकाले कृषि उत्पादनको बजार ग्यारेण्टी गर्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नमुना कार्यको सुरुवात गरेको छ। कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्दै उत्पादित सामाग्रीहरुको बजारको ग्यारेण्टी गर्ने गरी नगरपालिकाले ‘कृषि उपज बिक्री सुनिश्चितता’ कार्यक्रमको सुरुवात गरेको हो।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले कार्यभार सम्हाल्दै गर्दा कृषकहरुको बजारको ग्यारेण्टी गर्ने घोषणा गर्नुभएको थियो । नगरपालिकाले कृषकहरुको उत्पादन खरिद गर्ने र त्यसलाई बिक्री वितरण गर्ने गरी कृषि उपज सकंलन तथा विक्री वितरण केन्द्र समेत निर्माण गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा निकै महत्वका साथ यो कार्यक्रमलाई अगाडी बढाएको थियो । कृषकहरुलाई उत्पादन देखि बजारीकरणसम्म आईपरेका समस्याको समाधान गर्ने र उत्पादित सामाग्रीको विक्रीको ग्यारेण्टी गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको नगरप्रमुख जीवन खरेलले बताउनुभयो । नगरसभामा उच्च प्राथमिकता दिएर ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै उहाँले कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रीहरु ढुक्क भएर बिक्री गर्न र अझै उत्पादनमा बढोत्तरी गर्न आग्रह गर्नुभयो।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिकाले कृषकहरुबाट उत्पादित वस्तु तथा सेवाहरुलाई आफैले खरिद गर्ने भएको छ। वडास्तरमा सकंलन केन्द्र बनाईएको छ । सकंलन केन्द्रमा गएर कृषकले आफुसगं भएका कृषि सामाग्रीहरु बेच्न सक्नेछन । नगरपालिकाको ट्याक्टर मार्फत उक्त सामाग्रीहरु वामीटक्सारमा निर्माण गरिएको सकंलन तथा विक्री केन्द्रमा भण्डारण गर्ने र त्यसपश्चात ती सामाग्रीहरुलाई नगर आफैले विक्री गर्नेछ।

नगरपालिकाले सोझै कृषकहरुसगंबाट उत्पादित सामाग्रीहरु खरिद गर्ने भएकाले विचौलियाको डर नहुने तथा वास्तविक मुल्य समेत पाउने मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले बताउनुभयो । बजारको ग्यारेण्टी नगरपालिकाले गरेको भन्दै उहाँले कृषकहरुलाई अझै ठुलो परिमाणमा उत्पादनमा लाग्न आग्रह गर्नुभयो । यो कार्यक्रम कृषकहरुको उन्नतीका लागि नगरले गरेको लगानी भएकाले यसमा नाफा घाटाको अर्थ नरहने उहाँको भनाई छ। बिक्री योग्य वस्तुको सम्भाव्यता अध्ययन अझै गहिरो संग गर्नुपर्ने भन्दै उहाँले कार्यक्रम निकै चुनौतीपूर्ण रहेपनि सफल हुने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाका कृषि अधिकृत जनक पौडलले कृषि कार्यक्रम सञ्चालन तथा अनुदान सम्बन्धी कार्यविधि, नगरपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७४ लगायतका ऐन तथा कार्यविधि निर्माण गरी उत्पादन बढाउने र बजारको ग्यारेण्टी गर्ने गरी नगरपालिका लागि रहेको बताउनुभयो। उहाँले कृषि उपज बिक्री सुनिश्चतता कार्यक्रमका लागि विभिन्न निर्देशक समिति, कार्यक्रम कार्यान्वयन तथा मूल्य निर्धारण समिति र उपसमिति निर्माण गरेको जानकारी दिनुभयो।

नगरपालिकाले कृषकहरुका उत्पादनहरुको मूल्य निर्धारण गरी सोझै कृषकहरुको टोल टोलमै गई उत्पादित सामाग्री खरिद गर्ने जनाएको छ। ठुलो परिमाणमा कृषि सामाग्री उत्पादन भएको भए घरमै गएर खरिद गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख गगां श्रेष्ठले बताउनुभयो । उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको समेत व्यवस्था गरिने उहाँको भनाई छ।

Awareness by SKF

नगरले पहिलो चरणमा केही दिन भित्रै स्थानीयस्तरमा उत्पादित तरकारी जन्य सामाग्रीहरु खरिद गर्ने भएको छ। त्यसका लागि केही दिन भित्र तरकारीको मुल्य निर्धारण गरिने र खरिदको प्रक्रिया सुरु हुने बताईएको छ।

नगरपालिकाले नगर भित्र रहेका कृषकहरुलाई आफुले उत्पादन गर्ने कृषि बाली तथा वस्तुहरुको मासिक तथा बार्षिक बिक्री योग्य परिमाण खुलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया