गुल्मी: गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ। शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए।
शिविरमा चौराहा अस्पतालबाट प्रदान गरिएको औषधि म्याद सकिएको पाइएको हो । निशुल्क वितरण गरिएका औषधिमध्ये नसा सम्बन्धी बिरामीलाई वितरण गरिएको मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजोय १० नामक औषधिको म्याद गएको पाइएको थियो।
शिविरमा म्याद गएका औषधि वितरण गरिएको पाइएपछि खोज्दै जाँदा ९ जनालाई वितरण भएको १३ थान औषधि नगरपालिकाले फिर्ता ल्याएको रेसुङ्गा नगरपालिकाले जनाएको छ।
अगष्ट २०२१ मा उत्पादन भइ शिल गरिएको उक्त औषधिको म्याद जनवरी २०२३ सम्म छ। जुन औषधि मार्च ५ मा भएको शिविरमा वितरण गरिएको थियो।
म्याद सकिएको झन्डै तीन महिनापछि वितरण गरिएको पाइएको छ। यसरी म्याद सकिएको औषधि वितरण गरेर सोझासाझा जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको छ।
यसरी स्वास्थ्य जस्तो संम्वेदनशील विषयमा लापरवाही भएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए। शिविरमा म्याद सकिएका औषधि वितरण भएको जानकारी पाएपछि वितरण भएको औषधि नगरपालिकाले फिर्ता ल्याएको बताए। म्याद सकिएको औषधि वितरण गरेको पाएपछि यसको स्पष्टिकरण पेश गर्न नगरपालिकाले चौराह अस्पताललाई पत्र पठाएको थियो।
चौराह अस्पतालले स्पष्टीकरणमा आफूहरुबाट गल्ती भएको स्वीकार गरेको छ। तम्घासको महेन्द्र माध्यमिक विद्यालयलमा चलेको शिविरमा ६८९ सेवा लिएका थिए। अनलाइन खबरले यो खबर लेखेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










