प्रहरीसंगै सिआईबी पनि अनुसन्धानमा जाेडिएपछि हत्यारा नउम्कने परिवारको विश्वास
अनिश पाठक, बागलुङ: गत माघ १५ गते बिहान गुल्मीको मुसिकोट नगरपालिका ७ न्वारमा गंगादेवि शेरचनको हत्या भएको अवस्थामा शव घरभित्रै भेटियो। ५७ बर्षिय शेरचन माघ १५ गते आईतबार बिहान आफ्नै होटलको भुईमा हात-खुट्टा र मुख सेलो टेपले बाँधिएको घोप्टो अवस्थामा फेला परेकि थिईन्।
बागलुङको बडिगाड ३ सिसाखानीकी गंगादेवि मुसिकोट नगरपालिका वडा नं. ७ न्वारमा करिब ३० वर्ष भन्दा बढि समय देखि गंगा होटल संचालन गर्दै आएकी थिईन्। उनै गंगाको हत्या भएको एक महिना पुरा भई सक्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन।
यो एक महिनामा केवल जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन। प्रहरीले अनुसन्धान गरिरहेको घटनामा सिआईवीको टोलीले पनि अनुसन्धान गरिरहेको छ। तर हत्यारा भने फेला पर्न सकेको छैन । देशैभर विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेको बताउने प्रहरीले शंकास्पदसंग पनि सोधपुक्ष मात्र गर्ने काम बाहेक केहि गर्न सकेको छैन।
सम्बन्धित खबर: गुल्मीको मुसिकोटमा घरभित्र हात-खुट्टा बाँधिएको अवस्थामा भेटियो एक महिलाको शव
हालै गुल्मीमा सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन किशोर प्रधानले आफु सरुवा भएर आएको पन्ध्रदिन मात्रै भएपनि घटनाको विषयमा गहिरो अनुसन्धान गरिरहेको बताएका छन।
“म गुल्मी जिल्लामा सरुवा भएर आएको पन्ध्र दिन मात्रै भएको छ। तर घटना स्थलमा पुगेर परिवार, छिमेकि, पालिकाका जनप्रतिनिधी र वामी प्रहरीसंग विभिन्न सोधपुक्ष र छलफल गरेर अनुसन्धान भईरहेको छ। उनले भने प्रहरीले यो घटना गम्भिरता पुर्वक लिएको छ। यस विषयमा स्थानिय देखि केन्द्र स्तरसम्म गहिरो अनुसन्धान गरिरहेका छौँ।”
प्रहरी उपरीक्षक प्रधानले आजै मात्र घटनास्थलबाट जिल्ला फर्किएको बताउदै यस विषयमा नेपाल प्रहरीको केन्द्रिय टोलि, लम्बनी प्रदेश प्रहरी, सिआईबी संगै स्थानिय प्रहरी र छिमेकी जिल्लाहरुसंग पनि सहकार्य गरेर काम गरिरहेको बताएका छन।
यस्तै हालै गुल्मीमा सरुवा भएर आएका प्रहरी सहायक उपरीक्षक (डिएस्पी) डिल्ली नारायण पाण्डेको टोलि भने हिजो मंगलबार देखि नै वामी प्रहरी चौकीको सहयोगमा थप अनुसन्धानको लागि वामीमै बसेर गरिरहेको छ।
“म गुल्मी आएको भखरै ३ दिन जति भयो जिल्ला आए लगतै एसपी साप र म घटनास्थलमा पुगेर अनुसन्धान थप अगाडि पुर्याएका छौ। हिजो नै म वामी आएको छु उनले भने। अझै केहि दिन मेरो टोलीले वामी बाटै अनुसन्धान गर्छ।”
माघ १५ सोहि दिन आईतबार भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर समेत अनुसन्धान अघि बढाईएको उक्त घटनाको शुरुमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक(एस्पी) अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेल सहितको टोलिले अनुसन्धान शुरु गरेको थियो।
हत्यारा उम्कन नहुने परिवारको भनाई
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ न्वार सकिन साथ बागलुङको सिमाना शुरु हुन्छ । सिमाना शुरु भएको १ मिनेटमै बागलुङ बडिगाड गाँउपालिका २ हाडिखोलामा छ, अस्थाई ट्राफिक प्रहरी पोष्ट । र ट्राफिक पोष्टको करिब १० मिनेटको पैदल दुरीमा खर्बाङ प्रहरी चौकी।
उता गुल्मीको ठुलो नगरपालिका मुसिकोट नगरपालिका केन्द्र र सोहि स्थानमा रहेको वामी प्रहरी चौकि न्वार बाट करिब १५/२० मिनेटको मोटरसाईल दुरीमा । तर दुई जिल्लाका प्रहरी चौकि यति नजिक हुदाँ हुदै गत माघ १५ गते आईतबार बिहान गंगादेविको हत्या भएको अवस्थामा मुसिकोट ७ न्वार आफ्रनै होटलमा शव भेटियो।
गंगादेविको हत्या भएको एक महिनामा पनि हत्यारा पत्ता नलाग्नु दुखद भएको परिवारले बताएको छ । भने हत्याको बारेमा प्रहरीले छिमेकि संग गरिरहेको अनुसन्धानमा सहयोग गर्न पनि परिवारले अग्रह गरेको छ।
गंगाकि बैनी खगि शेरचनले भनिन् “घटनाको विषयमा वरपर छिमेकी संग प्रहरीले अनुसन्धान गरिरहेकै छ। त्यो राम्रो हो तर छिमेकीले भने हामिमाथि परिवारले शंका गर्यो भनेर हामिलाई नै गलत नजरले हेर्न थाले। त्यसैले हत्यारा नजिक प्रहरी छिटो पुग्नु पर्यो।”
खगिले प्रहरीले घटनाको विषयमा अनुशन्धान गरिरहेको बताएपनि अन्य घटना जस्तै यो पनि यतिकै हराउने घटना हुने हो कि भन्ने डर लाग्न थालेको बताईन् । उता स्थानियले भने दुवै जिल्ला तर्फ प्रहरी चौकी नजिकैै भएपनि नियमित गस्ति तथा प्रहरी गतिविधि नहुँदा घटना घटेको भन्दै उनिहरुले गुनासो समेत गरेका छन।
माघ १५ मा यसरी बाहिरियो घटना
सो दिन घटनास्थल नजिकैकि स्थानीय कल्पना परियारले आईतबार अबेर सम्म पनि गंगादेवी शेरचनले संचालन गरेको गंगा होटलको मेनगेट बन्द भएको देखिन्।
मुसिकोट नगरपालिका वडा नं. ७ न्वारमा करिब ३० वर्ष भन्दा बढि समय देखि संचालनमा रहेको होटलको मेन ढोका अबेर सम्म पनि नखोलेको देखेपछि उनले गंगाकी बैनी खगी शेरचनलाई फोन गरेर सो कुराको जानकारी दिईन्।
सो स्थानबाट नजिकै बडिगाड गाँउपालिका वडा नं. २ हाडिखोलमा रहेकि बैनी खगि शेरचनलाई कल्पनाले खबर गरेपछि उनले कल्पनालाई दिदी मिलमा गएको हो कि भन्ने जानकारी दिईन् र फोन काटिन्। लगत्तै उनले दिदी गंगालाई फोन गरिन्। तर गंगाका दुवै फोन अफ भएको जानकारी पछि उनि लगतै दिदिको होटल भएको स्थानमा पगिन्।
बिहान करिब ८ बजेको समयमा खगि दिदिको घर पुग्दा घरको मेन ढोका भित्रदेखि नै बन्द थियो । उनि अर्को ढोका बाट भित्र नियाल्दा भित्र समान छरपस्ट अबस्थामा थिए । भने ढोकाको नजिकै उनले दिदिको शव ढलेको अबस्थामा देखिन् । उनले तत्कालै हाडिखोलको अस्थाई ट्राफिक प्रहरी कहाँ खबर पुराईन् ।
प्रहरी घटनास्थल तर्फ लाग्यो र सम्बन्धीत वामी प्रहरी चौकीलाई खबर गर्यो। र दुवै तर्फका प्रहरी घटना स्थल पुग्यो संगै घटना स्थललाई पनि शिल गर्यो। प्रहरी संगै घटनाको खबर पनि चारैतिर फैलियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










