अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाका तीन स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। आज फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
तिन वटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन्।
सार्वजनिक बिदा अनुसार पालिका भित्रका वडा कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्था तथा संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन्।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







