Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा हत्याका शृंखला बढ्दै, ३ महिनामा ४ हत्या



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: केही दिनयता गुल्मीमा हत्याका शृंखला बढ्दै गएका छन्। पछिल्लो तीन महिनामा चारवटा हत्या भएका छन्। मुसिकोट नगरपालिकामा दुई, इस्मामा एक र सत्यवती गाउँपालिका एकजनाको हत्या भएको छ।

इस्माको हत्यामा संलग्न भारतीय नागरिक र सत्यवती घटनाका आरोपित पक्राउ परेका छन् । मुसिकोटको वामीमा श्रीमती हत्या गर्ने पनि पक्राउ परेका छन्। तर, होटेल सञ्चालकको हत्यामा संलग्न भने अझै फेला परेका छैनन् । नयाँ पत्रिकामा पत्रकार टोपलाल अर्यालले यो खबर लेख्नुभएको छ।

सम्बन्धित खबर: गुल्मी हत्या प्रकरण: ‘ठेकेदार’ भनिने अपरिचित व्यक्ति प्रति स्थानीयको आशंका

सिंचाई
Forest
Ad.

१९ माघमा रुरु क्षेत्र गाउँपालिका-२ को कालीगण्डकी नदी किनारको ढोडेनी बगरमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमान्डमा खटिएकोे प्रहरी टोलीले घटनास्थल र संलग्नको अनुसन्धान सुरु गर्यो।

१३ माघमा सत्यवती गाउँपालिका-१, रुद्रवेणीबाट रिमुवा जाने झोलुङे पुलनजिकै रगतका छिटा स्थानीयले देखेका थिए। स्थानीयकै सहयोगमा प्रहरीले मृतक भारतको सुगौली पूर्वी चम्पानगर– ८ का ४४ वर्षीय सेख आलीनाम र उनी बस्दै आएको होटेलको पहिचान गर्यो । सेखको गुल्मी अस्पतालमा पोस्टमार्टम गरियो । होटेल सञ्चालक ५६ वर्षीय छविलाल र श्रीमती ४८ वर्षीया विष्णु अधिकारीलाई पक्राउ गर्यो । सोधपुछकै क्रममा दम्पतीले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिकारीदम्पतीले गत १२ माघमा सेखको हत्या गरेर खोलामा फालेका थिए। सेखले मदिरा सेवन गरेर श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेको भन्दै हथौडा प्रहार गरेर हत्या गरेपछि अधिकारीदम्पती मिलेर बोरामा शव राखेर घरनजिकैको पुलबाट कालीगण्डकी नदीमा फालेको प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए।

सम्बन्धित खबर: गुल्मीमा भारतीय नागरिक हत्याको आरोपमा एक दम्पती पक्राउ

Awareness by SKF

गुल्मीको मुसिकोट नगरपालिका-७ वामीका होटेल सञ्चालक बाग्लुङ बडिगाड गाउँपालिका-२ की ५८ वर्षीया गंगादेवी शेरचनको हत्या भएको २ हप्ता पुग्न लाग्यो। उनी १५ माघमा होटेलभित्र हातखुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा मृत फेला परेकी थिइन् । बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयले वामी प्रहरीचौकीमा खबर गरेका थिए । प्रहरीको तालिमप्राप्त कुकुरसमेत झिकाएर प्रहरीले घटनाको अनुसन्धान गर्यो । तर अपराधमा संलग्न फेला परेका छैनन्।

त्यस्तै, मुसिकोट नगरपालिका-७, वामीमै ४२ वर्षीय सूर्यबहादुर कुमालले १ कात्तिकमा श्रीमती तालकुमारी कुमालको हत्या गरेका थिए। घरायसी विवादमा कुटपिट गरेर घाइते बनाएपछि लुम्बिनी वामी अस्पतालमा उपचारको क्रममा तालकुमारीको ज्यान गएको थियो । हत्यामा संलग्न कुमाल जेल चलान भएका छन्।

सम्बन्धित खबर: गङ्गादेवी हत्या प्रकरण: १ हप्ता पुग्न लाग्दा भेटिएनन् अभियुक्त, अनुसन्धान प्रगति कति नजिक?

गत २८ कात्तिकमा गुल्मीकै इस्मा गाउँपालिका-५ की ७४ वर्षीया एकल महिला जीवकला थापाको हत्या भएको थियो। उनी वर्षौँदेखि एक्लै घरमा थिइन्। जीवकलाको त्यो कथा युट्युबमा सार्वजनिक भएपछि भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंहले भिडियो पछ्याउँदै गाउँ गएर हत्या गरेका थिए। एक्लै घरमा बसेको र केही गहना भएको भिडियो देखेका सिंह जीवकलाको हत्या गरेर फरार भएका थिए। नयाँ पत्रिकामा पत्रकार टोपलाल अर्यालले समाचार लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया