Salime Malika Krishi Farm

Awareness Campaign

वामी नमूना समाजद्वारा मृगौला पिडित हिरा रायमाझी केसीलाई आर्थिक सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: वामी नमूना समाज केन्द्रीय /प्रधान कार्यालयद्वारा मृगौला पिडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ।

मुसिकोट नगरपालिका-१, पाैदी अरेवा (माइतीघर मुसिकोट नगरपालिका ७ वामी, टोड्के) निवासी हिरा रायमाझीको उपचारार्थका लागि वामी नमूना समाजद्वारा कुल २लाख, ८१हजार,१सय, ६ रुपैया संकलित नगद सहयोग रकम समाजसेवी तथा जेष्ठ सदस्यहरु खगिसरा खरेल तथा रमाकला खरेलको हातबाट हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा बिरामीका दाजु लेख रायमाझी,आमा तेजकुमारी रायमाझी, संस्थाका अभिभावक परिषदका अध्यक्ष अर्जुन रायमाझी सल्लाहकार, लिलाधर खराल, संस्थाका सल्लाहकार लालमणि खरेल, वेदप्रसाद खराल, थानेश्वर खराल, अमर खराल, चन्द्रा खराल, खेमराज खरेल, कालिका रायमाझी, सत्य राममाझी बिरामीका श्रीमान गणेश केसी लगायतकाे उपस्थितिमा रकम परिवारजनलाई हस्तान्तरण गरिएको वामी नमूना समाजका संरक्षक दिलिप थापाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.
सहयोग रकम हस्तान्तरण गरिदै

हाल जापानमा रहेका साविक मुसिकाेट नगरपालिका वडा नं. ७ वामी अर्थात साविक वामी गाविस वडा न. ९ का वडाबासीहरु तथा न्युजिल्यान्डबाट संस्थाका सल्लाहकार समाजसेवी कृष्ण प्रसाद खरेलको विशेष पहल र अष्ट्रेलियाबाट संस्थाका सल्लाहकार समाजसेवी लालमणी खरेलको विशेष पहल लगायत बेलायत, अमेरिका, भारत, दुवई, कतार, नेपाल लगायतका देशहरुबाट नमूना समाजका अग्रज व्यक्तिहरुबाट प्राप्त आर्थिक सहयोगको लागि समाजद्वारा हार्दिक धन्यवाद प्रकट गर्दछौँ। संस्थाका अध्यक्ष पदम रायमाझीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

विगत १ बर्ष देखि दुवै मृगौला सहित मुटु रोग, मधुमेह, थाइराइड लगायतका समस्या भएपछि बिरामी रायमाझीकाे उपचारकाे लागि परिवारले आर्थिक सहयोग गरिदिन आग्रह गरेपछि वामी नमूना समाजले बिरामी हिरा रायमाझीको लागि देश तथा विदेशमा आर्थिक सहयोग अभियान सञ्चालन गरि उक्त सहयोग रकम संकलन गरिएकाे अन्तर्राष्ट्रिय वामी नमूना समाजका अध्यक्ष पदम रायमाझीले जानकारी दिनुभयो।

साथै २०७२ सालमा स्थापना भएको अन्तर्राष्ट्रिय वामी नमूना समाजले विगत ८ बर्ष देखि निरन्तर रूपमा आफ्नो जन्मभूमि प्रति शिक्षा, स्वास्थ्य, खेलकुद, आगलागी, बाढी पहिरो लगायतका विपत्तिमा सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्‍याउदै आइरहेको समाजका संरक्षक थापाले जानकारी दिनुभयो।

यस्तै मानव अधिकार र परोपकारको क्षेत्रमा योगदान पुर्याउदै आएको संस्था जिउँदो सालिक फान्डेसनले पनि हिरा रायमाझी बचाऔँ अभियान अन्तर्गत सहयोग संकलन गरेको र छिट्टै हस्तान्तरण गरिने फाउन्डेसनका संस्थापक सालिक खत्रीले बताउनुभयो।

Awareness by SKF

यो पनि: आर्थिक अभावमा गुल्मीकी हिराको उपचारमा समस्या, सहयोगको अपिल

संस्थाको तर्फबाट बिरामी हिरा रायमाझी केसीको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। आर्थिक सहयोगीहरू नामवली निम्न अनुसार रहेका छन्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया